Homeबिबिधकोभिड–१९ बाट त्रसित नेपाली, मानसिकता र राष्ट्रको जर्जर अवस्था

कोभिड–१९ बाट त्रसित नेपाली, मानसिकता र राष्ट्रको जर्जर अवस्था

इन्द्रप्रसाद कटुवाल

सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवान प्रान्तमा देखापरेको कोरोना भाइरसले विश्व जनमानसमा त्रास र खल्बली मच्चाउँदै हालसम्म विश्वमा करोडौं अधिकको ज्यान लिइ सकेको छ । गत २०७७ को पौष, माघ र फागुन महिनातिर यसको संक्रमण केही शिथिलता देखिएको भए पनि हाल आएर अझ शक्तिशाली रुपमा यसको पुनरावृत्ति भएको स्थितिले विश्वमानव समुदाय पुनः कोरोना भाइरसको संक्रमणको चपटामा गुज्रन लागेको भयावह संकट देखा परेको छ । गतवर्ष देखा परेको यस भाइरसको संक्रमणले दुई हप्ताको अवधि भित्रमा कि त ज्यानै लियो कि त जोगिन सकियो भने यस वर्ष यो भाइरसको असर प्राणघातक बनेर देखा परेको छ । हाल आएर यसको असरबाट उम्कने अवस्था न्यून रुपमा रहला भन्ने जनमानसको अड्कल जस्तै परिणाम पनि त्यस्तै देखिन लागेको छ । अब त स्थिति यस्तो बनिसक्यो कि, यसले छोयो कि वितियो भन्ने सर्वसाधारणमा त्रास पैदा भएको छ । एकातर्फ भाइरसको संक्रमण भयावह रुपमा अघि बढिरहेको अवस्था छ भने अर्कोतर्फ यसको असरबाट बचाउन प्रभावकारी भूमिका निभाउनु पर्ने जिम्मेवार ठाउँमा रहेका सत्तासीन मन्त्री तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरुमा उदासिनता देखाइएको छ । मानौं स्थिति यस्तो छ कि देवालीमा बलिदिन तयारी बोकाहरु एकएक काटिंदैछन् तर त्यो दृश्य देखिरहेका बोकालाई म पनि काटिंदै छु भन्ने नभई बोकोको तमासा देखाइरहे जस्तै भान भएको छ र सत्ता पक्ष र शासित पक्षको यस विकराल शंकाबाट बच्न सावधानी अपनाउनुको सट्टा वेवास्ता भइरहेको जस्तो स्थिति विद्यमान रहेको छ ।
हाल आएर यो प्राणघातक महामारी कसरी शुरु भयो ? कति समयसम्म यसको असर रहला ? समाधानका के कस्ता उपाय अवलम्बन गरिने हो ? उपचारको पद्धति प्रभावकारी हुने हो वा होइन जस्ता प्रश्नले आम जनमानसको मानसिकतामा खल्बली मच्चाउनुका साथै सर्वसाधारणमा ‘अगुल्टाले हानेको कुकुर विजुली चम्किंदा तर्सिन्छ’ भन्ने उखान जस्तै विगतमा ज्यान गुमाउन पुगेकाहरुको दशा आफूतिर पनि खनिने हो कि भनेर त्रसित भइरहेको अवस्था तपाई हाम्रा अगाडि विद्यमान छ । यस्तो विकराल संक्रमणको भयावह परिस्थितिमा कस्को कुन बेला के हुने हो , भन्ने त्रासबाट मुक्ति दिलाउने तत्परता र अपनाइनु पर्ने सतर्कतामा दोहोरो भूमिका निर्वाह गरिनु पर्ने अर्को विकल्प नरहेको यस संवेदनशील घडीमा जनताको स्वास्थ्य सुविधाको हरप्रयासले प्रबन्ध मिलाउने जिम्मेवार ठाउँमा उभिएका उपप्रधान मन्त्रीको हेलचेक्र्याइँपूर्ण गैर अभिव्यक्तिबाट आम जनमानसमममा रोगको विरुद्ध लड्न आत्मबल जाग्रत गर्नुको सट्टा हतोत्साही बनाएको छ । उहाँको मुलुकको अर्थतन्त्र भन्दा स्वास्थ्य ठूलो होइन, लकडाउन गरिने छैन भन्ने अभिव्यक्ति यस संवेदनशील घडीमा कति सान्दर्भिक हो र औचित्य पूर्ण हो ? के उहाँलाई म त सुरक्षित ठाउँमा छँदैछु भन्ने अभिमान हो कि यो सत्ताका उन्माद हो । सबैको ध्यानकर्षण र आपत्तिजनक विषय बनेको छ । हामीले त पढेका थियौं ‘ध्भबतिज ष्क ीयकत, ल्य तजष्लन ष्क यिकत, ज्भबतिज ष्क यिकत, क्यmभ तजष्लन ष्क यिकत दगत अजबचबअतभच ष्क यिकत भखभचथतजष्लन ष्क यिकत’ अर्थात सम्पत्ति नष्ट हुनु केही हानी होइन, स्वास्थ्य विग्रनु केही नोक्सानी हो भने चरित्र नष्ट हुनु सबैथोक नास हुनु हो भनेर । तर आज आएर शिक्ष, स्वास्थ्य जस्ता विषय जीवनको आधारभूत आवश्यकता अर्थात् अंग नै मानिएको छ । मन्त्रीज्यूको उक्त भनाईमा गम्भीर प्रश्न जोडिएको छ कि सबै मानिस महामारीले सखाप पार्यो भने अर्थतन्त्र के का लागि अब जनताले कस्को भरोसा मान्ने प्रश्न जटिल छ ।
कोरोना भाइरसको संक्रमण फैलिंदै नेपाल प्रवेश हुँदा प्रतिपक्षमा रहेका जिम्मेवार सांसद र राजनीतिक दलहरुले सरकारलाई सक्दो सहयोग नगरेको होइन । आपतकालीन कोषमा रकम संकलन गर्ने देखि लिएर स्थानीय तहमा रहेका साहू–महाजन, संघ संस्थाका तर्फबाट समेत राहत वितरण गरी होस्टेमा हैंसे गरेर सरकारको भूमिकामा टेवा नपुर्याएको होइन । त्यो बेला संक्रमणबाट ज्यान गुमाउन पुगेका परिवारजनका मृतक बाहेक रहे बचेकाहरु सबै लागि पर्दा केही राहतको महसुस भएको थियो । तर लज्जास्पद कुरा त यो देखियो कि स्वास्थ्य सामग्री खरीदमा गर्न खोजिएको घोटाला प्रतिपक्षको विरोधमात्र नभएर सत्तापक्षबाटै आपत्ति जनाइएको थियो । सरकारले यस्तो नियत धमिलो पानीमा माछा मार्ने अवसर परे जस्तै देखिनु शिवाय अन्य के रह्यो र ? यसै सन्दर्भमा एउटा दुःख लाग्दो कुरा अर्को के छ भने कतिपय होनहार देशबासी दाजुभाई, दिदी बहिनी, आमाबुबाहरुको कारुणिक र दारुण प्रकृतिको निधन हुँदा खै एकदिन शोक विदा गरिएको । २०७६ चैत्र ११ बाट ठप्प भएका स्कूलहरु २०७७ पौषबाट मात्र खुल्न पुगे भने १ दिन भाइरस संक्रमणबाट ज्यान गुमाउन पुगेका नेपाली नागरिकको सम्मानमा खै शोक विदा ? हुन त यो विषय अनिवार्य नभएर भावनात्मक हो । तर संवेदनशीले भने अवश्य हो ।
यसैबीच राष्ट्रिय विपतका घडीमा सबै लागेर व्यवस्थापन गर्नुपर्ने संकटका घडीमा सत्ता सुन्तुलनका असन्तुष्ट प्रतिपक्ष तथा सत्ता पक्षकै सांसदहरुको मन जित्न नसक्दा चलेको हानथापले संसद विगठन गरिन पुग्नु बहुमत प्राप्त सरकारको कति दूरदर्शी राजनीतिक चरित्र हो ? यसबाट जनतामा आशा जाग्रत हुनुपर्नेमा निराशा छाउन पुग्यो भने सरकारलाई जनताको जीउ धन भन्दा कुर्सीको रक्षा कसरी ? भन्ने फोवियाले सताएको प्रष्ट सावित भएको छ । सर्वोच्चको फैसलापछि संसदको पुनस्थापना भैसके पछि पनि दलीय द्वन्द्व भन्दा पनि सत्ता पक्ष नै कुर्सीका द्वन्द्वमा अल्मलिएका छन् । तब जनतालाई कस्को भरोसा ? भूकम्पले विनाश गर्दा पनि कमाउने दाउ, महामारीले तहस नहस पार्दा पनि कमाउने दाउमा नै दिमाख खर्च गर्ने नेताजीहरुप्रति जनतामा अब वितृष्णा बाहेक आशा भरोसा समाप्त भएको छ । अब नेपालीले एउटा निरीह प्राणी कुकुर विरालो मरेजस्तै भएर मर्नु पर्ने अवस्था बाहेक आशा गर्ने ठाउँ के नै रहेको छ र ?
राजनैतिक घटनाक्रम यसरी नै अघि बढि रहँदा अब देशको स्थिति कता मोडिने हो, गन्तव्य अनिश्चित देखिएको छ । लाग्छ, रणबहादुर शाहको हत्यापछि मीमसेन थापाको उदय भए जस्तै, अनि भीमसेन थापाको पतन पछि कोत पर्व, भण्डारखाल पर्व मच्चाई जंगबहादुरको उदय भए जस्तै यहाँ दोस्रो जंगबहादुर त जन्मिदैन ? हाम्रो इतिहासका घटनाक्रमले हामीलाई यस्तै यस्तै भएको झस्का ब्युँझाउने गर्दछ । जब जब दरबारियाहरु बीच हानथाप र षडयन्त्र हावी बन्दछ तब विदेशी चलखेल सक्रिय बन्द छ र बनेको इतिहास छ । सन् १८१४–१६ को नेपाल अंग्रेजयुद्ध मदन भण्डारी र जीवराज आश्रित घटना काण्ड अनि राष्ट्रिय स्वाधिनता कै सवाल रहेको २०५८ जेठ १९ को दरबार हत्याकाण्ड ‘भाइ फुटे गवाँर लुटे’का ज्वलन्त उदाहरण हुन् । वर्तमानमा तपाई हाम्रा सामु एकातर्फ भिन्दै प्रकृतिको कहरमा अघि बढेको कोरोना भाईरसको संक्रमण तीब्र गतिमा बढिरहेको अवस्थामा सबै दल मिलेर विपत व्यवस्थापनको साझा नेतृत्व चयन गरी जनतालाई आश्वासन दिलाउनु पर्ने टड्कारो आवश्यकता महसुस भइरहेको छ ।
अर्कोतिर आर्थिक विकासको विश्वव्यापी विपन्नताको न्यूनिकरण गर्ने बहानाले अगाडि सारिएको ‘एमसिसि (मिलेनियम च्यालेन्ज कर्पोरेसन) जस्तो राष्ट्रघाती सम्झौताको माध्यमबाट देश पराधीन बन्ने पुग्ने प्रवल सम्भावनाले अवसर खोजिरहेको अवस्था छ । यो यसरी नै तुलना गर्न सकिन्छ कि, व्यापारको विस्तार गर्दै अंग्रेजी कम्पनीले इन्डिया कब्जा गरे जस्तै अमेरिकी सेना नेपाल भित्रिए पछि के राष्ट्रिय स्वाधिनता रहला ? अर्को सन्दर्भमा यो पनि सम्भावना टड्कारो छ यदि नेपालमा एमसीसीको योजना भित्र्याउने हो भने आफ्नी श्रीमतीको भौतिक शारीरिक आवशयकता पूरा गर्न असक्षम बनेका श्रीमालले जारलाई घर बस्न अनुमति दिंदा श्रीमानको अस्तित्व कहाँ र कति रहन्छ ? यो जस्तै हाम्रो राष्ट्रिय स्वाधीनता र नेपाली भएर बाँच्नुको औचित्य कति रहला, विषय गम्भीर र जटिल छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधकोभिड–१९ बाट त्रसित नेपाली, मानसिकता र राष्ट्रको जर्जर अवस्था
spot_img

Most Popular

Recent Comments