HomeFeatured 2कोरोना संक्रमण पुष्टि भएका ५८ जनाको मृत्यु,संक्रमण दर पनि दैनिक बढ्दै

कोरोना संक्रमण पुष्टि भएका ५८ जनाको मृत्यु,संक्रमण दर पनि दैनिक बढ्दै

झापा । कोरोना भाईरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दिनानुदिन नयाँ रेकर्ड बन्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
आजको सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीनलाख ५९ हजार ६१० पुगेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
संक्रमित मध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना संक्रमण पुष्टि भएका ५८ जनाको मृत्यु,संक्रमण दर पनि दैनिक बढ्दै
spot_img

Most Popular

Recent Comments