Home समाचार देशभरका १६ जिल्लामा पूर्ण निषेधाज्ञा, पाँच वटामा १५ दिन

देशभरका १६ जिल्लामा पूर्ण निषेधाज्ञा, पाँच वटामा १५ दिन

झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेसंगै काठमाडौं उपत्यकासहित देशभरका १६ वटा जिल्लामा आजदेखि लागू हुनेगरी निषेधाज्ञा गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको एकहप्ते निषेधाज्ञामा सरकारले एकहप्ता थप गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा १५ दिने निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी रुपन्देही र चितवनमा समेत १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा लगाएका छन् । १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी हुँदा अन्य तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा उपत्यकाका तीनजिल्ला बाहेक कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्। आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ।
निषेधाज्ञा अवधीमा खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसल सञ्चालन गर्न पाइने छ भने प्रेसले सञ्चारमाध्यमको कार्ड बनाएर रिपोर्टिङमा जान सकिने बताइएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
त्यस्तै यो अवधीमा सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछ ।
त्यसैगरी अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार देशभरका १६ जिल्लामा पूर्ण निषेधाज्ञा, पाँच वटामा १५ दिन

Most Popular

Recent Comments