Home Featured 2 कांग्रेस हल्दिवारी ५ द्वारा ८० जनालाई सम्मान

कांग्रेस हल्दिवारी ५ द्वारा ८० जनालाई सम्मान

हल्दिवारी । झापाको हल्दिवारीमा सोमबार आयोजित एक कार्यक्रमका बीच ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेस हल्दिवारी वडा नं.–५ को आयोजनामा सम्पन्न कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिकलाई नेपाली कांग्रेस महासमिति सदस्य तथा क्षेत्रीय सभापतिहरुले संयुक्त रुपमा सम्मान गरेका थिए ।


वडासभापति देवीप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लामो समयदेखि पार्टीमा आवद्ध ज्येष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथि भगिरथ पोद्धार, क्षेत्रीय सभापतिहरु गणेश पोखरेल र नविन विमली लगायतले दोसल्ला ओढाएर सम्मान गरेको वडासचिव तथा कार्यक्रम सञ्चालक किरण दंगालले जानकारी दिनुभयो ।
प्रमुख अतिथि पोद्धार, पोखरेल र नविन विमलीले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत भानु प्रसाईले गर्नुभएको थियो । सो अवसरमा एमाले र राप्रपा पार्टी परित्याग गर्दा २७ जनाले कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 कांग्रेस हल्दिवारी ५ द्वारा ८० जनालाई सम्मान

Most Popular

Recent Comments