Home समाचार समाचार देउमानलाई पितृशोक

देउमानलाई पितृशोक

विर्तामोड ८ बैशाख । प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेवेको ९५ बर्षको उमेरमा आज निधन भएको छ । २०१२ सालदेखि कांग्रेस प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएका कृतिमान थेवेको कनकाई–३ स्थित निजी निवासमा आज अपरान्ह ३ः३० बजे निधन भएको हो ।
नेपाली कांग्रेस ताप्लेजुङका तत्कालीन कोषाध्यक्ष समेत रहनुभएका थेवे २०२०/०२२ तिर पञ्चायतमा प्रवेश गरी ताप्लेजुङ जिल्लाको साविक आम्बेगुदिन गा.वि.स.का प्रधानपञ्च समेत बन्नुभएको थियो ।
तीन कार्यकालसम्म साविक आम्बेगुदिन तथा हाल सिरिजंगा गाउँपालिका ताप्लेजुङको तीन कार्यकालसम्म निरन्तर प्रधानपञ्च भई गाउँको विकासमा महत्वपूर्ण भुमिका खेल्नुभएको थियो ।
२०८४ साल साउन १० गते जन्मुनभएका थेवे २०३८ सालमा आफ्नो पैतृक थाकथलो छाडेर झापा जिल्लाको साविक टाँगनडुब्बा (झापा गाउँपालिका–१) सितुबाडीमा सपरिवार बसाई आउनुभएको थियो ।
झापा आएपश्चात पुनः नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएका थेवेको बुढ्यौलीका कारण निधन भएको उहाँका छोरा देउमान थेवेले जानकारी दिनुभयो । पछिल्लो समय कनकाई–३ सुरुङ्गा बजारनजिकै बसोबास गर्दै आउनुभएका थेवेको सोही स्थानमा निधन भएको हो ।
यसअघि नै दुई छोराहरु पूर्णकुमार र तिलविक्रम तथा बुहारी डम्बरकुमारी र श्रीमती दधिमायालाई गुमाइसक्नुभएका कृतिमानको बैशाख ९ गते दिनको १ बजे कनकाई माईमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक थेवेका छोरा देउमान थेवे, बुहारीहरु शावित्रा, डम्बरकुमारी र सातजना छोरीहरु रहेका छन् । प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति तथा भातृ संघसंस्था समन्वय विभाग प्रमुख देउमान थेवेलाई परेको पितृशोकप्रति नेपाली कांग्रेस झापाले गहिरो शोक ब्यक्त गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले एक शोक बक्तब्य जारी गर्दै थेवेको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार देउमानलाई पितृशोक

Most Popular

Recent Comments