Home Featured 2 प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’

झापा । झापा विर्तामोडका प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को उपाधी हात पारेका छन् ।
स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को उपाधी (ताज) हात पारेका हुन् ।
शनिवार राति अवेर सम्पन्न प्रातियोगिताको फाइलनमा प्रतिष्पर्धाी नौ जनालाई पछि पार्दै प्रायुस र स्मारिका मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका हुन् । ताजसंगै उनीहरुले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोषित भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विजनेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।
प्रा.लि.ले गतवर्षदेखि प्रातियोगिता आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए ।
१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।
नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिकिो आशनबाट बोल्दै युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’

Most Popular

Recent Comments