Home समाचार समाचार विर्तामोड युनाइटेडले उचाल्याे उपाधि

विर्तामोड युनाइटेडले उचाल्याे उपाधि

बिर्तामोड । झापाकाे बिर्तामोड ६ बुट्टाबारीमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत विहीवार सम्पन्न फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई ४/२ गोलले हराउदै बिर्तामोड युनाईटेड बिजयी भएको छ ।
प्रतियोगिताका विजेता टिम बिर्तामोड युनाईटेडले ५५ हजार नगद सहित ट्रर्फी हात पारेको छ भने
उपविजेता आयोजक बुट्टाबारी युनाईटेडले ३३ हजार नगद तथा ट्रफि हात पारेको छ । खेलको अन्तिम सम्ममा बिजयी टिम बिर्तामोड युनाईटेडले बुट्टाबारीलाई ४ गोल गर्दा आयाेजक बुट्टाबारी युनार्ईटेडले २ गोल फर्कायाे ।
त्यस्तै प्रतियोगितामा बेष्ट टिम डिफेन्डर बिर्तामोड युनाईटेडका बिशाल तामाङ भए भने बेष्ट गोलकिपर बिर्तामोडकै अभिषेक बराल भए । हाई स्कोरर बुट्टाबारीका बबिन बोहोरा भए भने बेष्ट मिडफिल्डर बिर्तामोडका प्रशान्त लक्सम भए ।
बेष्ट स्ट्राईकर बुट्टाबारीका सनम लिम्बु र राईजिंग प्लेयर अभिषेक चौधरी भए । म्यान अफ दि सिरिज बुट्टाबारीका बिपल्ब मैनाली भए भने म्यान अफ दि म्याच बिर्तामोडका आषिस चापागाई भए ।
पब्लिक च्वाईस बुट्टाबारीका बिणय राई भए ।
गत चैत्र २६ गते देखि शुरु भएको खेल बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार विर्तामोड युनाइटेडले उचाल्याे उपाधि

Most Popular

Recent Comments