Home समाचार नेकपाका ७ वटा वडा कमिटी पूर्ण

नेकपाका ७ वटा वडा कमिटी पूर्ण

विर्तामोड । नेकपा एमाले (ओली समूह) विर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । विहीबार सम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले जानकारी दिनुभएको हो ।
सचिव भट्टराईका अनुसार अधुरो रहेका ७, ९ र १० नम्वर वडा कमिटीले तत्काल पूर्णता पाउने पाउने छन् । विहीबार विर्तामोड नगरको वडा नम्वर १ मा कमिटी विस्तार तथा सपथ ग्रहण सम्पन्न भएको छ । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमबीच वडा कमिटीलाई पूर्णता प्रदान गरिएको हो । विर्तामोड १ को अध्यक्षमा त्रिलोचन प्रसाईं, सचिवमा प्रेमकुमार खरेल रहनु भएको छ । त्यस्तै सचिवालय सदस्यमा मनोहरि संग्रौला, अम्विका पोखरेल, कमलस्वरी राजवंशी, योगचन्द्र आङ्वुहाङ, दुर्गादेवी भट्टराई, टीकाप्रसाद मैनाली लगायत रहनु भएको छ ।
नयाँ नेतृत्वलाई पार्टी नेता तथा प्रदेश सांसद एकराज कार्की, प्रेमप्रकाश सिटौला, विर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी, पार्टी नेता हरि ओझा, पार्टीका नगर अध्यक्ष उमानाथ ओली, विर्तामोड १ का अध्यक्ष तथा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे लगायतका वक्ताले शुभकाना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेकपाका ७ वटा वडा कमिटी पूर्ण

Most Popular

Recent Comments