Home समाचार समाचार आयोजक बुटटाबारी युनाइटेड फाईनलमा प्रवेश सैनिक ५/० ले पराजित

आयोजक बुटटाबारी युनाइटेड फाईनलमा प्रवेश सैनिक ५/० ले पराजित

विर्तामोड । झापाको बिर्तामोड ६ बुट्टाबारीमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको सेमिफाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबले सैनिक युथ क्लबलाई ५।० गोलले हराएको छ ।
खेल शुरु भएको १७ , २६ र ६४ औ मिनेटमा युनाइटेड क्लबका जर्सी नं १७ बबिन बोहोराले तीन गोल लगाउन सफल भएका थिए भने ७४ औ मिनेटमा जर्सी नं १० बिजय राईले चौथो गोल गर्र्र्न सफल भए । खेलको ७६ औ मिनेटमा युनाइटेड कै जर्सी न १३ जमिन लक्सम पाचौ तथा अन्तिम गोल गरेका थिए । सैनिक युथले एक गोल पनि फर्काउन नसकदा युनाइटेडको ५ र सैनिकको ० गोल भएको थियो ।
झापा जिल्ला खेलकुद संघका अध्यक्ष भगीरथ आलेको प्रमुख आतिथ्य रहेको आजको खेलमा म्यानअफ दि म्याच बबिन बोहेरा घोषित भएका छन् ।
भोलीको सेमीफाइनल खेल जलथल फुटबल क्लब भर्सेस बिर्तामोड युनाइटेड क्लब बीच हुनेछ ।
नाईन साईटमा खेलाईएको सो प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउनेछन् । प्रतियोगिताको फाईनल खेल आउदो बैशाख २ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार आयोजक बुटटाबारी युनाइटेड फाईनलमा प्रवेश सैनिक ५/० ले पराजित

Most Popular

Recent Comments