Home समाचार समाचार वीरता लेडी जेसीजकाे नेतृत्व तथा क्षमता अभिबृद्वि तालिम सम्पन्न

वीरता लेडी जेसीजकाे नेतृत्व तथा क्षमता अभिबृद्वि तालिम सम्पन्न

विर्तामोड । विरता लेडी जेसीजकाे आयाेजनामा एक दिने नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ ।
विर्तामोड नगरपाफिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंकाे प्रमुख आतिथ्यता तथा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यकाे अध्यक्षतामा सम्पन्न तालिममा विर्तामोड नगरपालिका वडा नं. – ३ का ६० जना बढीकाे सहभागिता रहेकाे थियाे ।
मेनुका अाेलीले स्वागत, दीपा शिवाकोटीले जेसीज आस्था वाचन र जेसीआई मिसन भिजन वाचा सेलिसा उप्रेतीले गरेकाे तालिमकाे सहजीकरण कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराईले गर्नुभएकाे थियाे ।
विर्तामोड नगरपालिका-३ का वडासदस्य सृष्टि दाहालकाे विशेषा आतिथ्यता रहेकाे कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, विशेष अतिथि, दाहाल साथै सहभागीको तर्फबाट-निर्मला प्रधान,शोभा आचार्य र मिरा खड्का लगायतले मन्तव्य राखेकाे कार्यक्रमकाे सञ्चालन महासचिव हिमा पाैडेलले गर्नु भएकाे थियाे ।
स्थानीय अनारमनी पब्लिक क्याम्पसकाे सभाहलमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. -३ काे सहयाेग रहेकाे अध्यक्ष आचार्यले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार वीरता लेडी जेसीजकाे नेतृत्व तथा क्षमता अभिबृद्वि तालिम सम्पन्न

Most Popular

Recent Comments