Home मनोरञ्जन फेशन कोरियोग्राफर अवार्ड प्रणितलाई

फेशन कोरियोग्राफर अवार्ड प्रणितलाई

काठमाडौं । झापाका प्रणित पुडासैनीले बेष्ट फेशनकोरियोग्राफरको अवार्ड जितेका छन् । प्याजेन्ट नेपाल इन्टरनेश्नलले नेपालमा पहिलो पटक आयोजना गरेको फेशनमोडल अवार्डमा पुडासैनीले मौफसल बिधामा उक्त अवार्ड हात पारेका हुन् ।
नेपालकै चर्चित व्यक्तिहरु नोमिनेशनमा परेकोमा प्रणितले सबैलाई उछिन्दै अवार्ड आफ्नो पोल्टोमा पार्न सफल भएका हुन् । प्रणितले झापामा बिगत ५ बर्षदेखि इभेन्ट म्यानेजमेन्ट, निर्देशन तथा कोरियोग्राफी गर्दै आएका छन् । सञ्चारकर्मी समेत रहेका प्रणित वेष्ट कोरियोग्राफरको अवार्ड जित्ने प्रणित झापाका पहिलो कोरियोग्राफर हुन ।
नेमिनेशनमा मिस नेपाल शृंखला खतिवडा, उषा खड्गी, मिस्टर मोडल अफदि वल्र्ड दिक्पाल कार्की, हिमानी स’ब्बालगायतका चर्चित व्यक्तिहरु थिए । त्यस्तै झापाका बिवेश राईले इमर्जींग फेशन डिजाईनरको अवार्ड हातपारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन फेशन कोरियोग्राफर अवार्ड प्रणितलाई

Most Popular

Recent Comments