Home खेल विर्तामोड युनाइटेड विजयी,२/१ गोल अन्तरले शिवसतासी पराजित

विर्तामोड युनाइटेड विजयी,२/१ गोल अन्तरले शिवसतासी पराजित

विर्तामोड । झापाको बिर्तामोड ६ बुट्टाबारीमा चैत्र २६ गते देखि जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक बिर्तामोड युनाईटेड क्लबले शिवसताक्षी क्लबलाई १ गोल अन्तरले हराएको छ।
खेल शुरु भएको ५४ औ मिनेटमा युनाईटेट क्लबका जर्सी नं ७ सूर्य टुडूले पहिलो गोल गरेका थिए । खेलको ६८ औ मिनेटमा शिवसताक्षीका जर्सी नं १५ संजोक मगरले पेनाल्टीमा एक गोल फर्काएका थिए। तर खेलको ७२ औ मिनेटमा युनाईटेडका खेलाडी जर्सी नं ७ का नरेन्द्र खत्रीले दोस्रो गोल गरेर युनाइटेड क्लबलाई अग्रता दिलाएका थिए । खत्रीको सोही गोल नै निर्णायक बन्दा युनाइटेडले शिवसताक्षीलाई २/१ गोल अन्तरले पछि पार्दै आजको खेलमा विजय हासिल गरेको हो ।
म्यान अफ दी म्याच युनाईटेड क्लबका सुर्य टुडू भएका छन् । भोलीको खेल युनाईटेड क्लब र शैनिक युथ बीच हुनेछ
बुट्टाबारी खेल मैदानमा चार दिन देखि जारी फुटबल खेल बुट्टाबारी यूनाईटेड क्लबको आयोजना बिर्तामोड नगरपालिका र वडा नं ६ को सहयोगमा संचालन भएको हो । नाईन साईटमा खेलाईएको सो प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउनेछन् । प्रतियोगिताको फाईनल खेल २०७८ बैशाख २ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल विर्तामोड युनाइटेड विजयी,२/१ गोल अन्तरले शिवसतासी पराजित

Most Popular

Recent Comments