Home समाचार ग्णतन्त्रको प्रशव पीडाको लोकार्पण

ग्णतन्त्रको प्रशव पीडाको लोकार्पण

भद्रपुर । साहित्यकार जनार्दन उप्रेतीद्वारा लिखित गणतन्त्रको प्रशव नामक कविता संग्रहको एक कार्यक्रमका बीच लोकार्पपण गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर ७ निवासी साहित्यकार उप्रेतीको नयाँ कृति कविता संग्रह विमोचन गरिएको हो ।
महिनाको अन्तिम शुक्रवारे भेला अन्र्तगत पुस्तकालयको सभा हल चन्द्रगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चुडामणी रेग्मीले उप्रेतीद्वारा लिखित कविता संग्रहको विमोचन गर्नु भएको हो । लोकार्पित कृतिको प्राचार्य महेन्द्र भट्टराईले परिचर्चा गर्नु भएको थियो ।
लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा सहसचिव हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रमममा प्रमुख अतिथि रेग्मी, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, पुण्य खरेल, हरिनारायण भट्टराई ,विष्णुप्रसाद शिवाकोटी, हिरा पोखरेल, लगायतले मन्तव्य राखेका थिए । आरती पोखरेलले स्वागत मन्तव्य राखेको कार्याक्रममा विभिन्न साहित्यकारहरुले कविता वाचन समेत गरेको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ग्णतन्त्रको प्रशव पीडाको लोकार्पण

Most Popular

Recent Comments