Home समाचार समाचार कांग्रेस एक भए कुनैपनि ताकतले हराउन नसक्ने

कांग्रेस एक भए कुनैपनि ताकतले हराउन नसक्ने

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एक भए संसारको कुनै तागतले हराउन नसक्ने बताए बताउनु भएकाे ।
झापाको बुद्धशान्ति -७ सुनमाइमा शहिद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै सभापति देउवाले पार्टी एकतामा जोड दिंदै यस्तो बताउनु भएकाे हाे । ‘हामी एक भयौँ भने संसारको कुनै तागतले कांग्रेसलाई हलाउन सक्दैन ’ सभापति देउवाले भन्नुभयाे । पार्टी एक भए फेरि चुनाव जित्न सकिने उहाँको तर्क थियाे । नेपाली कांग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता नगर्ने बताउनु भयाे । प्रजातन्त्र रक्षाकै लागि हिजो राजतन्त्र हटाउनु परेको उहाँको भनाई छ । सरकार निर्माणका लागि संसदमा बहुमत संख्या आवश्यक हुने र त्यो संख्या निश्चित भए नेपाली कांग्रेसले सरकार गठनको अगुवाई गर्ने उहाँले बताउनुु भयाे ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देश राजनीति संकट उन्मुख रहेको र त्यसलाई बचाउने जिम्मा कांग्रेसको भएको बताउनु भयाे । ‘अहिले नेपालको राजनीति संकट उन्मुख छ, उहाँले भन्नुभयाे ‘त्यसलाई बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मार्ने अन्त्य हुनुपर्ने बताउनु भयाे । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले चुनाव गराउन कांग्रेसकै सरकार आवश्यक भएपनि सरकारमा जान मात्रै हतारिन नहुने उहाँको जाेड थियाे । अर्का केन्द्रीय सदस्य सरिता प्रसाईंले कम्युनिस्टको विस्वास गर्न नसकिने बताउनु भयाे। शालिक यामबहादुर आचार्य प्रतिष्ठानले निर्माण गरेको हो । आचार्यलाई युद्धकालमा माओवादीले २०५८ साल साउन ७ गते हत्या गरेका थिए । शहीद यामबहादुर आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बुद्धशान्ति गाउँसमितिको कार्यालय भएको जग्गा उपलब्ध गराएका बुद्धशान्ति गाउँपालिका अध्यक्ष तथा साविक बुधवारेका पूर्वसभापति रमेशकुमार भुजेललाई सम्मान–पत्रसहित सम्मानित गरियो । त्यस्तै, प्रतिष्ठानले मेचीनगर नगरपालिकालाई पनि सम्मान गरेको छ । झापा जिल्ला र अन्य छिमेकी जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शहीद याम आचार्यको वारेमा र प्रतिष्ठानको विषयमा जानकारी गराएका छन् । झापा जिल्ला निर्वाचन क्षेत्र न.१ का सभापति मणी उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला निर्वाचन क्षेत्र न.२ (ख) का सभापति खगेन्द्र मैनालीले गर्नुभएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कांग्रेस एक भए कुनैपनि ताकतले हराउन नसक्ने

Most Popular

Recent Comments