Home समाचार समाचार तीनमहिने सिलाईकटाई तालिम शुरू

तीनमहिने सिलाईकटाई तालिम शुरू

भद्रपुर / झापाको भद्रपुरमा मंगलवार आयोजित कार्यक्रमका बीच ३ महिने सिलाईकटाई तालिम शुरू भएकाे छ ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा तथा व्यावसायीक सिप विकास तालिम केन्द्र १ नं प्रदेशको आयोजनामा भद्रपुर ४ स्थित झापा चौकमा आयाेजित कार्यक्रमको उद्घाटन भद्रपुर ४ का वार्ड अध्यक्ष हंसधर राजबंशीले गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा भद्रपुर तथा चन्द्रगढी क्षेत्रका १८ जना अपाङ्ग तथा सपाङ्ग किशाेर किशाेरीहरुको सहभागिता रहने छ ।
तालिमको कोपीला भुजेल र लक्ष्मी ढकालले संयुत्त रुपमा प्रशिक्षण प्रदान गरिने संघले जनाएको छ ।
संघका अध्यक्ष ऋषि चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचालन सचिव बालध्वज कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी राजबंशी ,नगरपालिकाका अधिकृत रमेश कोईराला , प्रशिक्षकहरु भुजेल र ढकाल लगायतले मन्तव्य राख्दै तालिमलाई प्रभावकारी बनाईनु पर्नेमा जोड दिनु भएको थियो । तालिम असार मसान्त सम्म संचालन हुने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार तीनमहिने सिलाईकटाई तालिम शुरू

Most Popular

Recent Comments