Home समाचार आदर्श सामुदायिक सेवा केन्द्रको जिम्मेवारी बाँडफाँड

आदर्श सामुदायिक सेवा केन्द्रको जिम्मेवारी बाँडफाँड

विर्तामोड । आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र बसपार्कको नवनिर्वाचित पहिलो बैठकले पदाधिकारीको जिम्मेवारी तोकेको छ ।
सेवा केन्द्रका नवनिर्वाचित अध्यक्ष पदम प्रसाईको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा गोपाल दाहाल, सहसचिवमा गंगाप्रसाद मैनाली र कोषाध्यक्षमा एलिना सिटौलालाई जिम्मेवारी दिएको हो ।
केन्द्रको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख पदेन सदस्य सचिव रहने प्रावधान रहेको प्रहरी जवान सुनिता मर्डीले जानकारी दिनुभयो ।
केन्द्रको नयाँ नेतृत्वका लागि गत चैत ७ गते सम्पन्न साधारणसभाले अध्यक्षमा प्रसाईबाहेक ९ जना सदस्य चयन गरेको थियो । नयाँ नेतृत्वले सफथ ग्रहणपछि पदभार ग्रहण गरेसंगै जिम्मेवारी पनि बाँडफाँड गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आदर्श सामुदायिक सेवा केन्द्रको जिम्मेवारी बाँडफाँड

Most Popular

Recent Comments