Home समाचार व्यवसायिक बन्यो बिकल्पको खेति, विश्वमै आवश्यक रबर

व्यवसायिक बन्यो बिकल्पको खेति, विश्वमै आवश्यक रबर

रेजिना गौतम/रोसन भट्टराई
झापा बुद्धशान्ति गाउँपालिकाका सिताराम बास्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाएनन् । धानको सिजनमा धान, मकैको सिजनमा मकै बालीका रुपमा लगाएपनि थन्क्याउने बेलामा हात्ती र अन्य जंगली जनावरको आक्रमणका कारण बाली भित्र्याउन नपाएपछि विकल्पको बाटो खोजे ।
जंगलको नजिकै घर भएका सितारामको खेतबारीमा लगाएको बाली वर्षेनी जंगली जनावरहरु हात्ती, मृग, हरिण, बँदेल जस्ता जनावरले नष्ट गरिदिन थालेपछि कोइरालाले बाली परिवर्तन गरे र बिकल्पका रुपमा रुखजन्य रबर खेतितर्फ लागे । कोइरालाले भने,–‘बेलामा बाली लगायो गोडमेल ग¥यो, थन्क्याउने बेलामा जंगली जनावर नै हावी हुने, थन्क्याउनै नपाइने भएपछि विकल्प नखोजी उपायै भएन ।’ विगत १५ वर्षदेखि रबर खेति गर्दै आएका कोइराला सो रबर सम्बन्धीका अगुवा कृषक हुन् ।


बहुपयोग रुखजन्य खेतिका रुपमा रहेको रबरले विरुवा लगाएको ५÷६ वर्षदेखि मात्रै उत्पादन दिने हुनाले त्यो बीचको समय गुजार्न निकै गाह्रो हुन्छ । तर त्यहाँभित्र पनि बाली लगायो भने खासै समस्या नहुने बास्तोलाले बताए । उनले भने, ‘तीनवर्ष सम्म तोरी, अदुवा, बेसार खेति गरेर आम्दानी गर्न सकिन्छ ।’ रुखजन्य बालीका रुपमा रहेको रबर खेतिलाई हात्ती तथा अन्य जंगली जनावरले पनि आक्रमण गर्न नसक्ने उनको अनुभव छ ।
अन्य सिजनल बालीको भन्दा आम्दानी हुन थालेपछि रबरको आम्दानी निकै ठूलो भएको बास्तोलाले बताए । पाँच कठ्ठामा रबर लगाएका सितारामले आफ्नो मासिक आम्दानी १२ हजारदेखि २० हजारसम्म हुने बताए ।
रबरलाई खेतिका रुपमा अपनाउने कृषकका आ–आफ्नै प्रभाव र अनुभव छन् । त्यस्तै अनुभवका कारण विदेशिएका चन्द्र अधिकारीले दुवईबाटै घरमा भएकी श्रीमतिलाई फोन गरेर आफ्नो जमिनमा रबर खेति लगाउन भने । बैदेशिक रोजगारीका क्रममा २०७० सालमा दुवईमा आफ्नै स्टाफहरु बीच अरु अरु नै झगडा गर्दा ‘गए त्यही दुई बोट रबर त जान्छ नि म खानले मर्दिन’ रोजगारीकै लागि त्यहाँ पुगेका केरलियनले भनेको यो शब्द सुन्ने वित्तिकै अधिकारीलाई अचम्म लाग्यो । केरलियनको उक्त भनाई सुनेपछि आफूले जिज्ञासा राखेको कुरा स्मरण गर्दै अधिकारीले भने, ‘कतिवटा रबरको बोट छ भनेको त जम्मा २० वटा रे, कति जमिनमा लगाएको छ भन्दा ५ कठ्ठा रे, त्यसपछि उसले मलाई सोध्यो कति जग्गा छ ? मैले जग्गा भने पछि त किन आएको यहाँ भन्दै प्रश्न पो ग¥यो । उनले थपे, ‘फोनबाटै श्रीमतिलाई रबरको विरुवा रोप्नु त भने तर, एक्लो महिलाले कसरी भ्याउनु र पछि आएर आफैं लगाए ।’


साना किसान प्राकृतिक रबर उत्पादक संघ नेपालका महासचिव समेत रहेको अधिकारीका अनुसार अलैंची र सुपारी पछि रुखजन्य बस्तुमा बढी आम्दानी दिने रबर नै हो । उनले भने, ‘फाइदाजनक नगदे बाली हो यो, हात्ती प्रभावित क्षेत्रमा यसको खेति झन उपयुक्त हुँदो रहेछ ।’ स्थानीय दिपेन्द्र बास्तोला रबर कृषकका साथै ठेकेदार पनि हुन् । आफ्ना बारीमा लगाएको रबरका साथै स्थानीय आदर्श नमूना सामुदायिक बनको १० हेक्टर जमिनमा लगाएको रबरबाट उत्पादित काँचो चोप खरिद गरी प्रशोधन गर्दै विक्री गर्दै आएका छन् । प्रतिकेजी ५३ रुपैयाँमा खरिद गरेको काँचो चोप प्रशोधन गरेपछि २१०देखि २२० रुपैयाँमा विक्री हुने उनले बताए । विगतको तुलनामा मूल्यमा केही कमी आएपनि बजार अभाव नरहेको उनको भनाई छ । ‘विश्वमा रबरबाट ३५ हजार भन्दा बढी सामान उत्पादन हुन्छ रे बजार अभाव हुने त करै भएन नी ।’
सरकारले ध्यान दिए रबर खेतिबाट किसानले प्रशस्त आम्दानी गर्न सक्ने अनुसन्धानकर्ता तेजनाथ दाहालले बताए । उनले भने, ‘रबर खेतिमा सरकारको ध्यान गएको छैन, यो दुःखको कुरा हो, धान खेति हुँदैन कि भनेर सरकार डराएको जस्तो छ, धान नभए के भो रबर बेचेर चामल किनेर खाउला नी ! उनका अनुसार रबर खेतिबाट किसानले बार्षिक न्यूनतम ६ लाखदेखि अधिकतम २० लाखसम्म आम्दानी गर्न सक्ने बताए । झापा जिल्लाको पुरै जमिनमा रबर खेति लगाएपनि माग थेग्न नसक्ने दाहालले बताए । दाहालले भने, ‘विश्वमा नभै नहुने चिज रबर हो, यस्तो आवश्यकीय चीजको उत्पादन हाम्रोमा प्रशस्तै हुने संभावना छ, ।
पछिल्लो समय झापालाई रबर जोन घोषणा गरेको छ । हाल झापाका मेचीनगरपालिका, भद्रपुर, अर्जुनधारा, कनकाई, गौरादह र दमक नगरपालिका तथा बुद्धशान्ति, घेरावारी, कचनकवल, बाह्रदशी गाउँपालिकाका केही भागमा व्यवसायिक रबर खेति सुरु गरिएको छ । यी क्षेत्रमा कतै सामुहिक रुपमा र कतै व्यक्तिगत रुपमै खेतिको सुरुवात गरिएको हो । रबरको खेति बढ्दै गएसंगै सरकारले झापालाई रबर जोन समेत घोषणा गरेको छ ।


पहिलो पटक साविक बुधबारे गाउँ विकास समितिको क्षेत्रमा पर्ने जंगलमा गोरखकाली रबर उद्योगले वि.सं. २०५१ सालमा रबरको खेति सुरु गरेको थियो । पछि सामुदायिक वनको अवधारणा आएपछि आदर्श नमूना सामुदायिक बनलाई उत्पादित रबर आफैंलाई विक्री गर्ने शर्तमा गोरखकालीले समुदायलाई रबर खेति हस्तान्तरण गरेको उक्त सामुदायिक बनका अध्यक्ष समेत रहिसकेको अधिकारीले बताए ।
बुद्धशान्ति–३ मा मात्रै ६० देखि ६५ विगाहा जमिनमा कृषकले खेतिका रुपमा रबर रोपेका छन् । झापा जिल्लाकै हकमा भने एकसय चार विगाहा बढी जमिनमा रबर खेति लगाइएको साना किसान प्राकृतिक रबर उत्पादक संघ नेपालले जनाएको छ । अनुसन्धानकर्ता दाहालका अनुसार पूर्वका झापासहित इलाम र मोरङमा पनि रबरको व्यवसायिक खेति सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार व्यवसायिक बन्यो बिकल्पको खेति, विश्वमै आवश्यक रबर

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments