Home समाचार भद्रपुरमा चोरीका घटना बढ्दै

भद्रपुरमा चोरीका घटना बढ्दै

भद्रपुर । समाजमा चोरी डकैती नियन्त्रणसंगै शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको प्रहरी निगरानीको अभावका कारण झापाको सदरमुकाम चन्द्रगढीमा चोरीका घट्ना दिनदिनै बढेको पाइएको छ ।
बिगत केहि दिन अगाडी सदरमुकामकै केन्दमोडमा न्यौपानेको घरमा चोरी भएको घट्ना सेलाउन नपाउदै गएराति भद्रपुर १० को अर्को घरमा चोरी भएको छ ।
भद्रपुर १० स्थित वीपी मार्ग अन्तरगत पर्ने छाताचोक निवासी चन्द्रप्रकाश चापागाँईको घरमा मानिस नभएको समय पारी नगद सहित विभिन्न सामग्रीहरु चोरी भएका छन् ।
कोही नभएको मौका पारी घरको मुलगेटको ताला काटेर प्रबेश गरेको चोरले घरका दुईतलाका ४ वटा कोठा तोडफोड गरेको पीडितले बताएका छन् । घरमा रहेको नगद १५ हजार , एकथान ल्यापटप तथा भाडाबर्तन समेत चोरेर लगेको चापागाईका आफन्त याम पौडेलले बताउनु भयो ।
मुल गेटबाट प्रबेश गरेका चोरले निस्कने बेलामा भने पछाडिको ढोका तोडेर निस्के पनि घरको अगाडीको भागमा सोही घरको किचनको चक्कु ,वाइृकको चावी र सुनराख्ने बट्टा छोडेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय झापाको अनुसन्धान टोलीले अनुमान गरेको छ ।
घर धनी चापागाइ भने विगत २ महिनादेखि अमेरिका घुम्नका लागि गएका थिए । उक्त घरमा भाडामा बस्तै आएकी उसा निरौला भने चापागाई अमेरिका जानु अघि नै माईतघरमा बस्दै आएको बताइएको छ ।
विगत ४ दिन अगाडी मात्र सोही ठाउका प्रकाश निरौलाको मोटरसाइकल लेखापढीको अफिसबाट दिउँसै हराएको थियो । चोरीका घट्ना दिनप्रतिदिन बढ्दै जानुमा प्रहरीकै लापर्वाहिको कारण भएको भन्दै रातको समयमा गस्ती बढाएर सुरक्षा दिन स्थानीयले माग गरेका छन् ।
विगत केहि महिना अगाडी चन्द्रगढी स्थित हनुमान् चौक निवासी उपे्रतीका घरमा चोरी हुँदा सुन, ल्यापटप लगायतका समग्री चोरी भएपनि उक्त चोरीमा संलग्नको अहिलेसम्म पत्तो लाग्न नसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भद्रपुरमा चोरीका घटना बढ्दै

Most Popular

Recent Comments