Home Featured 2 बीरता लेडी जेसीजद्वारा आयोजित तनाब व्यवस्थापन तालिम सम्पन्न

बीरता लेडी जेसीजद्वारा आयोजित तनाब व्यवस्थापन तालिम सम्पन्न

बिर्तामोड । पछिल्लो समय बड्दो तनाबका कारण मानिसहरु डिप्रेशनको शिकार बन्ने गरेका छन् । तनाब व्यवस्थापन गर्न नसक्दा मानिसहरु आत्महत्याको बाटो रोज्न समेत वाध्य भएका छन् ।
यस्तो समस्याले समाजमा नकरात्मक प्रभाव बढ्दै गइरहेको अवस्था छ । समाजमा भइरहेका यस्ता गतिविधी रोक्न सचेतनाको आवश्यकता महशुस गरेर वीरता लेडी जेसीजको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
वीएण्डसी हस्पिटलको प्राविधिक सहयोगमा भएको तनाव व्यवस्थापन सम्बन्धी तालिम वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रम संयोजक दिपा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा कार्यक्रम संयोजक स्मृति रिमालले आस्था वाचन गरेको र कोपिला सिटौलाले जेसीआई मिसनभिजन बाचन गरेकी थिइन् ।
कार्यक्रममा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली , वीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतले वीरता लेडी जेसीजले आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी तालिमले सहभागिलाई तनाव व्यवस्थापन गर्न मद्यत पुग्ने बताए ।
कार्यक्रममा वीएण्डसी हस्पिटलकी मनोचिकित्सक डा।श्रद्धा भण्डारीले तनाव व्यवस्थापन बारे सहजीकरण गरेकी थिइन् । उनले तनावको प्रकार, कारण, तनाव व्यवस्थापन गर्ने उपायलगायतका विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।
तालिममा वीरता लेडी जेसीजका पदाधिकारी, मारवाडी महिला मञ्च , छठ महिला मञ्च, मेची – महाकाली वुहारी संयुक्त आवाज झापाका पदाधिकारी , सुन्दर आमा समूहका सदस्यसहित ६० जना भन्दा वढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीको तर्फबाट कल्पना मैनाली र प्रमिला बजगाईंले तालिम फलदायी रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 बीरता लेडी जेसीजद्वारा आयोजित तनाब व्यवस्थापन तालिम सम्पन्न

Most Popular

Recent Comments