Home Featured 2 बिर्तामोड उद्योग बाणिज्य संघद्वारा दुई पत्रकारलाई सम्मान

बिर्तामोड उद्योग बाणिज्य संघद्वारा दुई पत्रकारलाई सम्मान

विर्तामोड । विर्तामोड उद्योग बाणिज्य संघको पद हस्तान्तरण कार्यक्रममा दुईजना पत्रकारलाई सम्मान गरिएको छ । उद्योगी–ब्यवसायीहरुको समाचार सम्प्रेषणमा गरेको योगदानको कदर गर्दै नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली र एभिन्युज टेलिभिजनका झापा समाचारदाता सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो ।
सम्मानित पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि चन्द्र ढकालले सम्मान पत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो । सम्मानित पत्रकारमध्ये पूर्वेली दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । जनआन्दोलन साप्ताहिकको सम्पादक, जनआन्दोलन डट.कम. अनलाईन पोर्टल र कञ्चनजंघा एफएममा कार्यरत पूर्वेली हाल नेपाल प्रेस युनियन झापाको अध्यक्ष एवं नारी सञ्चार गृह झापाको सल्लाहकार रहनुभएको छ । उहाँ विगत दुई दशकदेखि सक्रिय पत्रकारितामा हुनुहुन्छ ।
झापाबाट एभिन्युज टेलिभिजनको सम्बाददाताका रुपमा कार्यरत न्यौपाने डेढदशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले विवेचना दैनिकबाट पत्रकारिता यात्रा शुरु गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 बिर्तामोड उद्योग बाणिज्य संघद्वारा दुई पत्रकारलाई सम्मान

Most Popular

Recent Comments