Home समाचार जोशीको गम्भिर अवस्थामा उपचार हुँदै: अस्पताल

जोशीको गम्भिर अवस्थामा उपचार हुँदै: अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
पूर्वमन्त्री समेत रहनु भएको नेता जोशीलाई मस्तिष्कघाट भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेकोले भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।
जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि जोशीको अवस्था गम्भिर भएको जनाउँदै हल्लाका आधारमा अनेक कुरा नलेख्न सुझाउनु भएको छ । शर्माले लेख्नुभएको छ अत्यन्तै चिन्ताजनक स्थितिमा मृत्युसंग जुधिरहनु भएको बेला भगवानसंग प्रार्थना गरेर सकारात्मक आशा राखौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जोशीको गम्भिर अवस्थामा उपचार हुँदै: अस्पताल

Most Popular

Recent Comments