Home समाचार विर्तामोड नगरपालिकाद्वारा आयोजित पुर्नताजगी तालिम सम्पन्न

विर्तामोड नगरपालिकाद्वारा आयोजित पुर्नताजगी तालिम सम्पन्न

विर्तामोड । न्याय सम्पादनमा सहजता ल्याउने उद्देश्यले विर्तामोड नगरपालिकाद्वारा आयोजित ४ दिने पुनर्ताजगी तालिम सोमबार सम्पन्न भएको छ ।
तालिमले वडाका मेलमिलाप केन्द्रमा आएका कस्ता मुद्दा दर्ता गर्नुपर्ने र कस्ता मुद्दा दर्ता गर्नु नपर्ने, मुद्दाको छलफल गर्दा कसरी गर्ने ? भन्ने प्राविधिक जानकारीले वडातहमा काम गर्न सहज हुने सहभागीले प्रतिक्रिया दिएका थिए ।
तालिम समापनमा सहभागीका तर्फबाट वडा नं.–४ का कुलप्रसाद संग्रौला र रञ्जु प्याकुरेलले तालिमका उपलब्धिबारे धारणा राखेका थिए ।
नगरप्रुमख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्य तथा उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न तालिम समापनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सञ्चालन नगरपालिकाका अधिकृत जय तिम्सिनाले गर्नुभएको नगरपालिकाको न्यायिक समितिका अधिकृत टिका लामिछानेले जानकारी दिनुभयो । गत शुक्रबारदेखि शुरु भएको तालिममा अधिवक्ता नारायण भट्टराई र देवी निरौलाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोड नगरपालिकाद्वारा आयोजित पुर्नताजगी तालिम सम्पन्न

Most Popular

Recent Comments