Home समाचार दर्ता भएका ६० मुद्दा मध्ये ५० को निर्णय

दर्ता भएका ६० मुद्दा मध्ये ५० को निर्णय

रेवतीराज घिमिरे
भद्रपुर ।
झापाको भद्रपुर नगरपालिका भित्र रहेको न्यायिक समितिमा चालु आर्थिक (२०७७/०८७ ) को ८ महिने अवधिमा ६० वटा मुद्दाहरु दर्ता भएका छन् ।
नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको संयोजकत्वमा गठित न्यायिक समितिमा दर्ता भएका भएका मुद्दा मध्ये ५० वटाको निर्णय समेत भइसकेको बताइएको छ । १० वटै वार्डभित्रका स्थानीयहरुबाट आएका मुद्दाहरु हुन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (१) र (२) बमोजिम नगर भित्रका सामान्य झैझगडाहरुको मेलमिलाप गर्ने र निर्णय गर्ने अधिकार स्थानीय जनप्रतिनिधि मार्फत निर्णय गर्ने भन्ने व्यवस्था भएअनुसार निर्णय गर्न बाँकी थप १० वटा मुद्दाहरु रहेका छन् ।
गत आ.व को असार मसान्त सम्ममा नगरका १० वटै वार्डबाट जम्मा १ सय २६ वटा विवादहरु दर्ता भएका थिए । यसै आ. व.को फागुन सम्मको अबधिमा विभिन्न ११ वटा शीर्षकहरुमा भएका विवादहरुलाई निर्णय गर्न ७९ पटक बैठक बसेको बताइएको छ ।
जस अन्र्तगत समितिमा साँध सिमाना तथा जगा विावादका १३ वटा, श्रीमान् श्रीमतीको झगडा ८ वटा ,लेनदेन ८, जगा रोक्का सिफारिस ८ वटा शिर्षकका मुद्दाहरु रहेका छन् ।
यसै गरि मेलमिलाप नभई अदालत जान सिफारिस गरिएका ५ वटा, घरभाडा असुलीका २ , छिमेकीसंगको भैm झगडा तथा सिफारिस निर्णय बदर सम्बन्धि १/१ वटा मुद्दाहरु दर्ता भएका हुन् ।
समितिमा उद्योग संचालनमा वातावरणीय प्रतिकुलता भएको भन्दै १, बालिनाली रोक्का शिर्षकमा १ र निर्णय हुन बाँकी १२ वटा मुद्दाहरु सहित ६० वटा मुद्दाहरु दर्ता भएका थिए ।
रकम असुली , श्रीमान् श्रीमतीको झगडा , साँध सिमाना , अंश मानाचामल, गाली÷बेइज्जती लेनदेन लगायतका विभिन्न विवादहरु समितिमा आउने गरेका छन् ।
विवाद समस्याको समाधान गर्न खासै समस्या नभए पनि समितिमा दक्ष जनशत्तिको अभाव, छुट्टै ईजलास लगायतका भौतिक संरचनाको कठिनाई दरवन्दी अनुसारको कर्मचारी अभाव, पर्याप्त कानुन र न्यायको क्षेत्रमा दक्ष कर्मचारी नहुँदा केहि समस्या आउने गरेको समिति संयोजक चन्द्रमाया श्रेष्ठले बताउनु भयो ।
क्षेत्राधिकार भन्दा बाहिरका मुद्दा पनि हेर्नुपर्छ भन्ने दवाव आउने गरेको, पक्षहरुबाट कर्मचारीहरुलाई बारम्वार धम्की आउने गरेको, मुद्दाको चाप अत्याधिक हँुदा समयमै न्याय निरुपण चुनौती रहेको संयोजक श्रेष्ठको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दर्ता भएका ६० मुद्दा मध्ये ५० को निर्णय

Most Popular

Recent Comments