Home समाचार समाचार छेत्रीलाई माेतीराम र ढुङ्गानालाई केटाे पुरस्कार

छेत्रीलाई माेतीराम र ढुङ्गानालाई केटाे पुरस्कार

झापा । पत्रकार महासंघ झापामा स्थापित दुई पुरस्कार सनिवार वितरण गरिएकाे छ ।
मोतीराम पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार गीताकुमारी ढुंगानालाई हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको माेतीराम पुरस्कारकाे राशी ५१ हजार र केटाे पुरस्कारको राशी १५ हजार रहेकाे छ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उनीहरूलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।   झापाका जेठा पत्रकार छेत्री ७७ वर्षीय छन् । उनी ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका झापा संवाददाता हुन्।
ढुंगाना झापाको पहिलो टेलिभिजन हिमशिखरमा कार्यरत छिन्। केटो पत्रकारिता पुरस्कार पाउने ढुंगाना झापाकी पहिलो पत्रकार हुन् । 
तत्कालीन मेची अञ्चलको जेठो पत्रिकाको नाममा केटो पुरस्कार स्थापना गरिएको हो। पुरस्कार हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, पूर्व महासचिव चन्द्र भण्डारी, महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्यले बोलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार छेत्रीलाई माेतीराम र ढुङ्गानालाई केटाे पुरस्कार

Most Popular

Recent Comments