Home समाचार नेकपा (माओवादी केन्द्र) झापा पार्टी कार्यालय पुनःस्थापित

नेकपा (माओवादी केन्द्र) झापा पार्टी कार्यालय पुनःस्थापित

फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै शुक्रबार जिल्ला पार्टी कार्यालयको बोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा, मजदुर लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन पूर्व झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र व्युतिएपछि एमाले र माओवादी केन्द्रले जिल्लामा आ–आफ्ना पार्टी कार्यालय स्थापना गर्न थालेका हुन् । झापामा नेकपा एमालेले फागुन २४ गते नै पार्टी कार्यालयमा नयाँ बोर्ड फेरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेकपा (माओवादी केन्द्र) झापा पार्टी कार्यालय पुनःस्थापित

Most Popular

Recent Comments