Home समाचार आनन्दप्रसाद घिमिरेको ‘वासन्ती’ उपन्यासको विमोचन

आनन्दप्रसाद घिमिरेको ‘वासन्ती’ उपन्यासको विमोचन

भद्रपुर । साहित्यकार आनन्दप्रसाद घिमिरेद्वारा लिखित ‘वासन्ती’ उपन्यासको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
शुसेली साहित्य परिवार झापाका अध्यक्ष पुन्य खरेलको प्रमुख आतिथ्यतामा चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा आयोजित कार्यक्रममा विमोचित उपन्यासबारे साहित्यकार चुडामणि बाशिष्ठले गर्नुभएको थियो ।
लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा सचिव हरी न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रमममा प्रमुख अतिथि खरेल ,डा. खगेन्द्र दाहाल, गंगाप्रसाद ओली, हिरा पोखरेल, चन्द्र घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।
बरिष्ठ साहित्यकार चुडामणी रेग्मी लगायतका साहित्कारहरुको उपस्थिति रहेको कार्यक्रममा साहित्यकारहरुले विभिन्न कविता वाचन समेत गरेका थिए । कार्यक्रमको स्वागत हरीकिसोर आचार्यले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आनन्दप्रसाद घिमिरेको ‘वासन्ती’ उपन्यासको विमोचन

Most Popular

Recent Comments