विर्तामोड । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (ब्युटिसियनहरु) को बिर्तामोड नगर कमिटी गठन भएको छ। विर्तामोडमा आयोजित सौन्दर्य व्यवसायीहरुको भेलाले मोना इङ्नाम केरुङको अध्क्षतामा समितिगठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा जुनु कन्दङ्वा थापा, सचिब संगिता रसाइली, उपसचिव सकुन्तला बराल ,कोषाध्यक्ष पबित्रा न्यौपाने तथा सदस्यहरुमा सर्मिला खाती, पबित्रा सुब्बा, बुद्द लिम्बू, एन्जिला धमला ,रितुमाया लिम्बू, संगिता निरौला, निशा गुरुङ, बिना भँडेल, युनिक इङ्नाम, एलिना राजबंशी, संगिता खड्का र पूर्णमाया कार्की रहेकाछन । रन्जु प्याकुरेलको सभापतित्व तथा जिफण्टका प्रदेश उपसचिव अम्बिर लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय सदस्य धनु कन्दङ्वा र प्रदेश एकका अध्यक्ष आशा लिम्बूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सन्चालन मोना केरुङ इङ्नामले गर्नुभएको थियो ।
सौन्दर्यकर्मी व्यवसायी (ब्युटिसियनहरु) को नगर कमिटी गठन
