Home Featured 2 मोबिल र इनामेल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

मोबिल र इनामेल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

बिराटनगर । मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा मोरङको विराटनगर–११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहिबार खेम्काको गोदाम छापा मार्न पुगेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको जनाएको छ।
उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 मोबिल र इनामेल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

Most Popular

Recent Comments