Home समाचार वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारीलाई पुनर्ताजगी

वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारीलाई पुनर्ताजगी

विर्तामोड । न्याय सम्पादनलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले विर्तामोड नगरपालिकामा ४ दिने पुनर्ताजगी तालिम शुरु भएको छ । वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारी सहभागी तालिमको विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले सम्दुघाटन गर्नुभएको थियो ।
उपप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरपालिकाको न्यायिक फाँटका अधिकृत टीका लामिछानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपेन्द्र पराजुलीले गर्नुभएको थियो । तालिमको सहजीकरण अधिवक्ता नारायण भट्टराई र देवी निरौलाले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वडाध्यक्षसहित मेलमिलाप केन्द्रका पदाधिकारीलाई पुनर्ताजगी

Most Popular

Recent Comments