Home समाचार क्षेत्रीलाई मोती पुरस्कार, केटो गीताकुमारीलाई

क्षेत्रीलाई मोती पुरस्कार, केटो गीताकुमारीलाई

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ ।
त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ ।
बिहीवार पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
महासंघ झापाका अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनौट समितिका सदस्यहरु महासंघका उपाध्यक्ष एकराज गिरी र भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा भएको बैठकले पुरस्कृत व्यक्तित्व छनौट गरेको हो ।
७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् ।
केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागिकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार क्षेत्रीलाई मोती पुरस्कार, केटो गीताकुमारीलाई

Most Popular

Recent Comments