Home समाचार महाशिवरात्री :अर्जुनधारामा आज प्रतियोगितात्मक ताण्डव नृत्य

महाशिवरात्री :अर्जुनधारामा आज प्रतियोगितात्मक ताण्डव नृत्य

शनिश्चरे । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पूर्वका पशुपतिनाथका पहिचानले परिचित झापाको अर्जुनधाराधाम सहित सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तन गर्ने गरिन्छ ।
प्रत्येक वर्ष विशेष पर्वका रुपमा मनाइने शिवरात्रीको अवसरमा यो वर्ष अर्जुनधारा जलेश्वरधाममा ताण्डव नृत्य र भजन प्रतियोगिता आयोजना हुँदैछ । ताण्डव नृृत्यमा प्रथम हुनेले नगद ५० हजार पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महाशिवरात्री :अर्जुनधारामा आज प्रतियोगितात्मक ताण्डव नृत्य

Most Popular

Recent Comments