Home Featured 2 २ केजी अफिमसहित दुई भारतीय महिला पक्राउ

२ केजी अफिमसहित दुई भारतीय महिला पक्राउ

काँकरभिट्टा २६ फागुन । प्रतिबन्धित लागु औषधीसहित झापाको मेचीनगरबाट दुई भारतीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागू औषधीको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा मेचीनगर–६ काँकरभिट्टास्थित न्यून विशाल होटलमा पुगेको लागू औषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका प्रहरी कार्यालय काँकारभिट्टाको संयुक्त टोलीले उक्त होटलको कोठा नं. १०५ बाट लागू औषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा कंगलटोनजिवी मन्दिर इम्पाल पश्चिम मनिपुरकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पञ्चकलीगुरी निमाई दार्जिलिङकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्री रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २ किलो प्रतिबन्धित लागु औषध अफिम जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान शुरु गरिएको जनाउँदै कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेस थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 २ केजी अफिमसहित दुई भारतीय महिला पक्राउ

Most Popular

Recent Comments