Home समाचार प्रेस संगठन नेपालको जिल्ला कमिटी निर्माण

प्रेस संगठन नेपालको जिल्ला कमिटी निर्माण

बिर्तामोड २४ फागुन । प्रेस संगठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा सोमवार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
त्यसैगरी संगठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय समेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् ।
प्रेस संगठन नेपाल झापाका संयोजक सुव्रत न्यौपानेको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा झापा इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथ कोइराला, नेकपा प्रदेश सदस्य तथा प्रदेश सांसद झलकसिंह दलार्मी, नेकपा झापा अध्यक्ष वेदराज रेग्मी, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश महासचिव विवेक गौतम, अग्रज पत्रकार लीला बराल,संङ्गठनका १ नं. प्रदेश इन्चार्ज राजन केडी, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, संगठनका प्रदेश १ सदस्य राजु अधिकारी, आदिवाशी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश इन्चार्ज दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापाको जिल्ला कमिटी घोषणा संगठनका प्रदेश १ का सह–इन्चार्ज तिर्थ सिग्देले गरेको कार्यक्रममा सपथ ग्रहण संगठन १ नं. प्रदेश संयोजक देवेन्द्र कार्कीले गराएका थिए ।
सङ्गठन झापा सह–संयोजक झुलन रेग्मीले स्वागत गरेको कार्यक्रमलाई सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए । अतिथिलाई स्वागत तथा सत्कार सङ्गठन झापा सह–संयोजक अनिलदेव राईले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा झापा सचिव मणिकुमार साम्पाङ, संङ्गठन १ नं. प्रदेश सह–संयोजक मुक्ति पौडेल, संङ्गठन १ नं. प्रदेश सचिव सुजन तिम्सिना, नेकपा प्रदेश १ सदस्य ज्योतीसिंह दलार्मी, सङ्गठनका केन्द्रिय सदस्य विमल लामिछाने, दयाराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रेस संगठन नेपालको जिल्ला कमिटी निर्माण

Most Popular

Recent Comments