Home समाचार जुकेखाडीमा मुख्य पदसहित १० पद लोकतान्त्रिक प्रगतिशीललाई: अध्यक्षमा खड्का

जुकेखाडीमा मुख्य पदसहित १० पद लोकतान्त्रिक प्रगतिशीललाई: अध्यक्षमा खड्का

शनिश्चरे २३ फागुन । झापा अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको फागुन २२ गते सम्पन्न निर्वाचनबाट लोकतान्त्रिक प्रगतिशील प्यानलले मुख्य ६ पदमा विजय प्राप्त गरेको छ ।
१९ सदस्यीय समूहको कार्यसमितिमा अध्यक्षसहित मुख्य ६ पद र सदस्यमा ४ सहित बहुमत सिट लोकतान्त्रिक प्रगतिशील प्यानलले जितेको निर्वाचन समिति सदस्य कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका तर्फबाट एकहजार ३४७ मत प्राप्त गर्दै झरेन्द्र खड्का निर्वाचित हुनु भएको छ । उहाँले प्रतिष्पर्धी प्रगतिशील समूह (ओली पक्ष) का दुर्गा न्यौपानेलाई ६२ मतले पछि पार्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले एकहजार २८५ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बेदप्रकाश भण्डारीले जानकारी दिनुभयो ।
निर्वाचनबाट उपाध्यक्षमा लोकतान्त्रिक प्रगतिशीलका नवीनकुमार ओलीले एकहजार २८८ मत प्राप्त गर्दै विजयी भएका छन् । ओलीका प्रतिष्पर्धी प्रगतिशील समूहका युवराज चापागाँईलाई एकहजार २१५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै पर्यटन उपाध्यक्षमा एकहजार ३ सय ७३ मत प्राप्त गर्दै शुक्रराज दुलाल विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी बुद्धबीर विश्वकर्माले एकहजार १९२ मत प्राप्त गर्नुभयो ।
समितिको सचिवमा नर्वदा दियालीले एकहजार २८१ मत ल्याएर विजय प्राप्त गर्दा उहाँकी प्रतिष्पर्धी हिमा मगरले एकहजार २२९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी सहसचिवमा मोहन श्रेष्ठले एकहजार ३५४ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी रविन गिरीले एकहजार १२२ मत प्राप्त गर्नुभएको थियो । यसैगरी कोषाध्यक्ष पदमा मनिला जवेगु विजयी हुनुभएको छ । जवेगुले एकहजार २०८ मत प्राप्त गर्दा प्रतिष्पर्धी तेजमाया राईले एकहजार १४३ मत ल्याएर उपविजेता बन्नुभएको छ ।
समितिका सदस्यहरुमा क्षेत्र नं.–१ बाट इन्द्रमाया घतानी, देवराज नेपाल र पदम कट्वाल क्षेत्र नं.–२ बाट डम्बर जवेगु र तुलसा नेपाल क्षेत्र नं.–३ बाट लोकनाथ दुलाल, खिनमाया चापागाँई र मिनकुमार फागो क्षेत्र नं.–४ बाट सविताकुमारी धौलाकोटी, ज्ञानबहादुर कार्की र डिल्लीप्रसाद चापागाँई, क्षेत्र नं.–५ बाट मुना भट्टराई र टेकेन्द्र पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
१९ नौ सदस्यी कार्यसमितिको पदाधिकारीसहित १० जना लोकतान्त्रिक प्रगतिशील प्यानलले जित हात पार्दा प्रगतिशील समूहले नौजना सदस्य जितेको बताइएको छ ।
लोकतान्त्रिक प्यानलमा नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव समूह र राष्ट्रिय जनमुक्ति पार्टी निकट उपभोक्ताको संलग्नता थियो भने प्रगतिशील समूहमा नेकपा ओली समूह एक्लै प्रतिष्पर्धामा थियो ।
तीनहजार ९७१ मतदाता रहेको बन समूहको फागुन २२ गते सम्पन्न निर्वाचनमा दुईहजार ९३५ जनाले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जुकेखाडीमा मुख्य पदसहित १० पद लोकतान्त्रिक प्रगतिशीललाई: अध्यक्षमा खड्का

Most Popular

Recent Comments