Home समाचार पाथीभरा सप्लायर्सको बम्पर उपहार भण्डारीलाई

पाथीभरा सप्लायर्सको बम्पर उपहार भण्डारीलाई

बिर्तामोड । स्वराज ट्याक्टरको मेची अञ्चलकै आधिकारिक विक्रेता पाथीभरा सप्लायर्स एण्ड टे«डर्सद्वारा आयोजित ग्राहक भेटघाट तथा सहस्त्र मेलाको बम्पर उपहार गणेश भण्डारीले प्राप्त गर्नुभएको छ ।
सोरुमबाट ट्रयाक्टर खरिद गर्नेहरुलाई लक्षित गरी आयोजना गरिएको मेलामा बम्पर उपहारका रुपमा लक्की ड्र मार्फत भण्डारीले प्रथम पुरस्कार स्वरुप जेनेरेटर प्राप्त गर्नुभएको हो ।
त्यस्तै तिलक थापाले दोस्रो पुरस्कारका रुपमा एलइडी टिभी प्राप्त गर्दा तेस्रो पुरस्कार स्वरुप सर्जन गणेशले फ्रिज प्राप्त गर्नुभएको बताइएको छ ।


पाथीभरा सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर विनोद संग्रौलाको अध्यक्षता तथा स्वराज ट्रयाक्टरका नेपाल म्यानेजर आशिषकुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको तर्फबाट ट्रयाक्टर खरिदकर्ता सबैलाई एक÷एक थान पानी तान्ने पम्प सेट प्रदान गरिएको थियो । पाथीभरा सप्लायर्स एण्ड ट्रेडसले २०७७ भदौ १५ गतेदेखि कात्तिक ७ गतेसम्म ट्रयाक्टर खरिद गर्ने ग्राहकलाई लक्षित गरि सहस्त्र मेलाको आयोजना गरेको थियो ।
यो अवधीमा ७० वटा ट्रयाक्टर विक्री भएको बताइएको छ ।
सेलिसा उप्रेतीको सञ्चालन र दिनेश अधिकारीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि जोशी, स्वराज ट्रयाक्टरका नेपाल म्यानेजर अभयकान्त मिश्रा, पाथीभरा सप्लायर्स एण्ड ट्रेडर्सका तर्फबाट दमक शाखाका लेखराज गौतम लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पाथीभरा सप्लायर्सको बम्पर उपहार भण्डारीलाई

Most Popular

Recent Comments