Home समाचार वीरता जेसीजद्वारा सूर्योदयको बुद्ध माविमा निःशुल्क आँखा शिविर

वीरता जेसीजद्वारा सूर्योदयको बुद्ध माविमा निःशुल्क आँखा शिविर

बिर्तामोड । वीरता जेसीजको आयोजनामा सूर्योदय नगरपालिका –१४ लक्ष्मीपूरस्थित बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा वडाध्यक्ष नरबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काले स्वागत गर्नुभएको थियो । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय ३० जनाले आँखा परिक्षण गराएका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
सोही कार्यक्रममा एड्भान्स प्याथोलोजी बिर्तामोडको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत् विद्यार्थीको रक्त समूह परिक्षण समेत गरिएको थियो ।
त्यसैगरी वीरता जेसीजले विद्यालयमा रहेको पुस्तकालयका लागि पुस्तक उपलव्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुई सय ५० भन्दा वढी पुस्तक प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेल , नेपाल तरुण दल क्षेत्र नं. २का क्षेत्रिय सभापति राम धिमाललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वीरता जेसीजद्वारा सूर्योदयको बुद्ध माविमा निःशुल्क आँखा शिविर

Most Popular

Recent Comments