Home Featured 2 यस वर्षदेखि वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान गर्ने

यस वर्षदेखि वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान गर्ने

बिर्तामोड । वीरता लेडी जेसीजले यसै वर्षदेखि उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्ने गरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको परिकल्पनामा यस वर्षदेखि उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरिएको बताइएको छ । झापामा रहेर सामाजिक कार्यमा सक्रिय एकजना महिलालाई उत्कृष्ट नारी घोषणा गरी आगामी फागुन २३ गते १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट नारी सम्मान गरिने अध्यक्ष आचार्य सिटौलाले बताउनु भयो ।
झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई सम्मान गर्दै अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न लेडी जेसीजले उत्कृष्ट नारी गर्न लागेको सिटौलाको भनाई छ ।
प्रत्येक वर्ष फरक फरक विधामा उत्कृष्ट नारी सम्मान गरिने अवधारणा अनुसार यो वर्ष ‘समाजसेवा’ विधा चयन गरिएको बताउँदै अध्यक्ष सिटौलाले बताउनु भयो । उहाँका अनुसार समाज सेवा क्षेत्रबाट उत्कृष्ट नारी घोषणा गरी अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वर्ण पदक, सम्मान–पत्रद्वारा यही फागुन २३ गते सम्मान गरिने भएको छ ।
उत्कृष्ट नारी सम्मान कार्यक्रमको संयोजकको जिम्मेवारी वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललाई दिइएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष सिटौलाको अध्यक्षतामा बसेको कार्यसमिति र पूर्व अध्यक्षहरुको बैठकले नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीको संयोजकत्वमा गठित उत्कृष्ठ नारी छनौट समितिका सदस्य सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको तीन सदस्यीय समितिले सम्मानित व्यक्तित्वको छनौट गरिसकेको श्रोतले जनाएको छ ।
फागुन २३ गते बिर्तामोड हुने उत्कृष्ट नारी सम्मान कार्यक्रमलाई भव्य र सभ्य रुपमा गर्न र साझा कार्यक्रमका रुपमा ग्रहण गर्न जिल्लास्थित महिलाका संघसंस्थालाई सहभागिताका लागि अध्यक्ष सिटौलाले आग्रह गर्नुभएको छ ।
यसैबीच वीरता लेडी जेसीजले सुरु गरेको जेसी अफ द मन्थ अवार्ड अन्तर्गत फेबु्रअरी महिनाको अवार्ड उपाध्यक्ष उमा पाण्डे (रोजिना) लाई प्रदान गरिएको छ ।
आफै संयोजक बनेर सामाजिक कार्य गरेको र जेसीजका हरेक गतिविधीमा सक्रिय सहभागिता जनाएकोले पाण्डेलाई उक्त अवार्ड प्रदान गरेको अध्यक्ष सिटौलाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 यस वर्षदेखि वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान गर्ने

Most Popular

Recent Comments