Home समाचार ५८ हजार पाँचसय १३ जनालाई खोप लगाउने तयारी

५८ हजार पाँचसय १३ जनालाई खोप लगाउने तयारी

विर्तामोड । समुदायस्तरमा लगाइने कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत ६५ वर्ष उमेर समूह माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि देशव्यापी रुपमा खोप अभियान सञ्चालन हुने भएको छ ।
जस अन्तरगत झापामा पनि लक्षित उमेर समूहमा खोप पुर्याउनका लागि तीब्र तयारी भइरहेको जिल्ला स्वाथ्य कार्यालय झापाले जनाएको छ ।
खोप अभियानलाई सफल बनाउनका लागि स्थानीय, वडा, स्वास्थ्य स्वयम सेविका लगायत विभिन्न सरोकारवालाहरुसंग छलफल र तयारी गरेको कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिनुभयो ।
खोपबारे विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित पत्रकारसंगको अन्तरक्रियामा पौडेलले अभियान सफल बनाउन गरिएका तयारीबारे जानकारी दिनुभएको हो ।
सो क्रममा स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले लक्षित समूहका लागि झापामा ४३ हजार डोज खोप प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणको खोप अभियान सफल पार्नका लागि लक्षित समूहबीच पनि पहिलो र दोस्रो चरणमा विभाजन गरिएको छ ।
पहिलो चरण अन्तरगत झापाको माईपूर्वका झापा गाउँपालिका र कनकाई नगरपालिका बाहेकका ८ वटा पालिकाका ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि र सोही समुहको दोस्रो चरणमा झापा गाउँपालिका र कनकाई नगरपालिकासहित माइपश्चिमका ७ वटा पालिकाहरुमा खोप सञ्चालन गरिने बताइएको छ ।
कार्यालयले यो समूह अन्तरगत झापामा ५८ हजार पाँचसय १३ जनालाई खोप लगाउने लक्ष्य राखेको चौलागाँईले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
फोकल पर्सन चौंलागाँईले सहजीकरण गर्नुभएको कार्यक्रममा विर्तामोड नगरपालिकाका स्वास्थ्य सहइन्चार्ज ओम खड्काले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ५८ हजार पाँचसय १३ जनालाई खोप लगाउने तयारी

Most Popular

Recent Comments