Home समाचार उद्योग वाणिज्य संघको निर्वाचन ः ८५ प्रतिशत मतदान, मतगणना १० बजेपछि

उद्योग वाणिज्य संघको निर्वाचन ः ८५ प्रतिशत मतदान, मतगणना १० बजेपछि

विर्तामोड । नयाँ नेतृत्वका लागि आज भएको विर्तामोड नगरउद्योग वाणिज्य संघको मतदान प्रक्रिया सम्पन्न भएको छ । अग्रसेन भवनमा सम्पन्न मतदानको मत गणना आजै बेलुका १० बजेपछि अतिथि सदनमा शुरु हुने बताइएको छ ।
आज दिउँसो विर्तामोडस्थित अग्रसेन भवनमा भएको मतदानमा ८५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव भट्टराईले जानकारी दिनुभयो । चारहजार पाँचसय ५० मतदाता रहेको संघको निर्वाचनमा तीनहजार आठसय ४९ जनाले मतदान गरेको बताइएको छ ।
संघको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट व्यवसायीहरुको लोकतान्त्रिक व्यवसायिक प्यानल र नेकपा–राप्रपाको संयुक्त व्यवसायिक प्यानल चुनावी मैदानमा छन् । लोकतान्त्रिकको नेतृत्व प्रकाश शिवाकोटीले गरेका छन् भने संयुक्तको सुवास भट्टराईले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार उद्योग वाणिज्य संघको निर्वाचन ः ८५ प्रतिशत मतदान, मतगणना १० बजेपछि

Most Popular

Recent Comments