Home समाचार समाजको अक्षयकोषमा ३ लाख ४७ हजार २११ रुपैयाँ सहयोग

समाजको अक्षयकोषमा ३ लाख ४७ हजार २११ रुपैयाँ सहयोग

विर्तामोड । ताप्लेजुङ झापाबासीहरुका छाता संगठन ताप्लेजुङ झापा सरोकार समाजले संस्थाको दीर्घकालीन जग बलियो बनाउन र दैवी तथा जटिल स्वास्थ्य समस्यामा परेका ताप्लेजुङ झापाबासीलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोषमा एकैदिन ३ लाख बढी रुपैयाँ जुटेको छ ।
संस्थाले स्थापना गरेको कोषमा आज एकैदिन ३ लाख ४७ हजार २ सय ११ रुपैयाँ सहयोग जुटेको संस्थाका कोषाध्यक्ष पदमबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेले २ लाख, उपाध्यक्ष ज्ञानुराम प्रसाईले १ लाख, व्यवसायी कुलप्रसाद खरेलले २१ हजार १ सय ११ र खगेन्द्र काष्ठ फर्निचर उद्योगका प्रोपाइटर खगेन्द्र खरेलले २१ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ भने लक्ष्मी अधिकारीेले कोषका लागि ५ हजार १ सय रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । संस्थाले आयोजना गरेको साधारणसभा तथा बनभोज कार्यक्रममा अध्यक्ष काफ्लेलाई अधिकारीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले १ करोडको अक्षयकोष स्थानपना गर्ने लक्ष्य राखेर कोषको स्थापना गरी सहयोग संकलन कार्य अघि बढाएको सहसचिव डिआर कडरियाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाजको अक्षयकोषमा ३ लाख ४७ हजार २११ रुपैयाँ सहयोग

Most Popular

Recent Comments