Home Featured 2 ताप्लेजुङ–झापावासीको तेस्रो साधारणसभा तथा बनभोज सम्पन्न

ताप्लेजुङ–झापावासीको तेस्रो साधारणसभा तथा बनभोज सम्पन्न

विर्तामोड। ताप्लेजुङ झापा सरोकार समाजको तेस्रो साधरण सभा तथा बनभोज कार्यक्रम झापाको जामुनखाडीमा सम्पन्न भएको छ ।
वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्रसाईले जन्म र कर्मथलोको भावनात्मक साइनो जोडिएको संस्थाले मानवीय सेवाका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आफूले पनि यथासंभव सहयोग गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।


कार्यक्रममा अतिथिहरु विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, देउमान थेवे, देवराज घिमिरे, बरिष्ठ साहित्यकार पुन्यप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सचिव रेजिना गौतमद्वारा प्रस्तुत भावी योजनासहितको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष देवराज तामाङद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो


हरि सिटौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानुराम प्रसाईले औचित्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । कार्यक्रममा ताप्लेजुङमा जन्भिएर झापालाई कर्मभूमि बनाएका ताप्लेजुङ झापावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 ताप्लेजुङ–झापावासीको तेस्रो साधारणसभा तथा बनभोज सम्पन्न

Most Popular

Recent Comments