Home समाचार ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको अध्यक्षमा भट्टराई

ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको अध्यक्षमा भट्टराई

शनिश्चरे । अर्जुनधारा नगरपालिका अन्तरगत ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको अध्यक्षमा रामप्रसाद भट्टराई सर्वसम्मत चयन हुनु भएको छ ।
संस्थाको शुक्रबार अर्जुनधारा जलेश्वरधामको श्रवणहलमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो महाधिवेशनबाट भट्टराई तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मीप्रसाद इङ्नाम, उपाध्यक्षद्वय लोकनाथ पौड्याल र रमा चापागाँई, सचिवमा नरेन्द्र तिम्सिना, सहसचिवमा कृष्ण पौडेल र कोषाध्यक्षमा शेखरनाथ अधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी महिला सदस्यहरुमा जीतिमाया मगर, शारदा भट्टराई र गोमादेवी चयन भएका छन् भने खुल्ला सदस्यतर्फ हस्त परियार, हरिप्रसाद घिमिरे, बेनुकान्त अधिकारी, चन्द्रबहादुर बस्नेत चयन भएको निर्वाचन समिति संयोजक छत्रमणी ढकालले जानकारी दिनुभयो ।
संस्थाको विधान बमोजिम कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ ।
संस्थाको वडा संयोजकहरुमा वडा नं.–१ मा विष्णुप्रसाद नेपाल, २ नं. वडामा पोष्टनाथ चापागाँई, ३ मा मेदनीप्रसाद चापागाँई, ४ मा तिलक भण्डारी, ५ मा ताराप्रसाद बराल, ६ मा केदारमान बस्नेत, ७ मा तारानिधि भट्टराई, ८ मा युवराज बजगाँई, ९ मा लवकुश गिरी, १० मा विष्णुप्रसाद दाहाल र ११ मा गोपीचन्द्र खरेल रहेका छन् ।
अध्यक्ष भट्टराईको अध्यक्षता तथा पूर्व प्राध्यापक बेनुप्रसाद पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शेखरनाथ अधिकारीले गत आर्थिक वर्ष २०७६÷०७७ को आय–व्यय प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा छन्द कवि मोहन प्रसाद घिमिरेले कविता वाचन गर्नुभएको थियो ।
नरेन्द्र तिम्सिनाले सञ्चालन र लक्ष्मीप्रसाद इङ्नामले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पनेरु, लोकनाथ पौड्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको अध्यक्षमा भट्टराई

Most Popular

Recent Comments