Home शिक्षा उपचार केन्द्र बन्दै जिमखाना

उपचार केन्द्र बन्दै जिमखाना

इन्दु पूर्वेली
विर्तामोड । ‘काम नै पाइएन, अब के गर्ने ? ’ भन्ने विकल्प नभेटेर चोक–चोकमा क्यारेमबोर्ड वा तास खेलेर हल्लिएर दिन विताउने युवाहरु तपाइहाम्रै सामु थुप्रै भेटिन्छन् । त्यसो त नेपालमा रोजगारी नपाएर आवश्यक सीप हाँसिल नगरी विदेश गएर दुःख पाउने युवाहरु पनि थुप्रै छन् । सामाजिक सञ्जालमै दिन विताउने युवा पनि नभेटिने होइनन् । तर गरे के हुँदैन र ? भन्ने उदाहरण बनेका छन्–विर्तामोड नगरपालिका–४ का पङ्कज राजवंशी (३५) । प्रसिद्ध भक्तिदेवी राइस मिलका सञ्चालक तथा समाजसेवी भुपेन्द्र–सुभद्रा राजवंशीका दुई छोरा र एक छोरीमध्येका जेष्ठ सुपुत्र हुन् पङ्कज । उनका भाई डा. रन्धिर राजवंशी पेशाले चिकित्सक हुन् । यी दुई दाजुभाई आफ्नो पेशा ब्यवसाय संहालेर बाँकी रहेको समय मण्डा जिम सेन्टरमा विताउँछन् ।
विभिन्न सामाजिक संघ–संस्थादेखि लिएर बृद्धाश्रम निर्माणमा होस् वा गरीव, दुःखी र असहायको सहयोगमा सामाजिक सेवा र सफल उद्योगीका रुपमा सुपरिचित नाम हो – भुपेन्द्र राजवंशी । मठमन्दिर निर्माणदेखि र सामाजिक सत्कार्यमा लागेका राजवंशीका परिवार पनि सामाजिक कार्यप्रति अग्रसर छन् ।

मुख्य गरी डा. रन्धिरको इन्ट्रेस्टमा स्थापना भएको हो– विर्ताबजारस्थित मण्डा जिम सेन्टर । रोग लागेर अस्पताल जानेभन्दा रोगै लाग्न नदिने स्वास्थ्यालयको रुपमा जिम सेन्टरले परिचय बनाउँदै गर्दा र विशेष गरी शहरी क्षेत्रका युवायुवतीको क्रेज जिम सेन्टरतिर तानिदै गर्दा यी दुई दाजु–भाइले विर्तामोड नगरपालिका–४ स्थित विर्ताबजारमा मण्डा जिम सेन्टर स्थापना गरेका छन् । जागिर नभएको पनि होइन, एम. वि.ए. सम्मको अध्ययन पूरा गरेका पङ्कजले चाहेकै भए जस्तोसुकै काम पाउन कुनै कठिनाइ थिएन । प्रभू मनी ट्रान्सफरको म्यानेजर भएर मलेसियामा कार्यानुभव संहालेका पङ्कजले औषधि सप्लायर्स कम्पनी इस्टवेस्टमा पनि केही समय काम गरे । ‘अर्काको रोजगारीभन्दा आफ्नै पुर्खौली ब्यवसायलाई सिस्टमेटिक रुपमा चलाउन भनेर जागिर छोडें’ । विजनेश पोइन्ट अफ भ्यू नै हो’–भक्तिदेवी राइस मिलका सञ्चालक पङ्कजले भने –‘सिस्टममा चलाएका छौं, अझ सिस्टमेटिक बनाउने र अझै उत्पादन बढाउने लक्ष छ । सोही लक्ष अनुरुप अघि बढिरहेका छौं ।’ भक्तिदेवी राइस मिलले मण्डा ब्राण्डको चामल उत्पादन गर्दै आएको छ ।
त्यसो त डाइवेटिज भएर इन्सुलिन लिदै गरेकी पङ्कज–रन्धिरकी आमा सुभद्रा राजवंशीलाई नाचेर डाइवेटिज घट्ला र औषधिको प्रयोग पूर्ण रुपमा छोड्न पाइएला भन्ने विश्वासै थिएन । रगतमा न्युनतम् ३०० देखि ४०० सय सम्म चिनीको मात्रा देखिएपछि इन्सुलिन लिनुको विकल्प थिएन उनीसँग लगभग तीनबर्ष अघिसम्म । तर अहिले उनी डाइवेटिज मुक्त छन् । ‘त्यसको कारक कुनै औषधिको प्रभाव होइन’, सुभद्राका छोरा पङ्कजले भने–‘निरन्तरको जुम्मा डान्स (शारीरिक ब्यायामसहितको नृत्य)–ले हो, अहिले मम्मीले केही बार्नुहुन्न । जे पनि खानुहुन्छ । डाइवेटिज पूर्ण रुपमा जाति भएको छ ।इन्सुलिन लिनुहुन्न, औषधि खानुपरेको छैन ।’ पङ्कजका अनुसार शुरुवातमा सुभद्रा जुम्मा डान्समा भर्ना हुनै मानेकी थिइनन् । ‘मैले नै जबरजस्ती जुम्मा डान्सले डाइवेटिजको मात्रा घट्छ’ भनेर मम्मीलाई भर्ना गरिदिएँ,–मण्डा जीम सेन्टरका सञ्चालक पङ्कजले भने–‘निरन्तर तीनमहिना सहभागी भएपछि डाइवेटिजको मात्रा घट्न थाल्यो भने वेट पनि घट्यो, अहिले कुनै समस्या छैन ।’ मुख्य गरी ढल्किदो उमेर भएकाहरुको शरीरको तौल घटाउन र डाइवेटिजलगायतको रोग नियन्त्रणका लागि शारीरिक ब्यायामसहितको जुम्मा डान्स उपयोगी हुने राजवंशीले बताए । राजवंशी दाजुभाइद्वयको जिमसेन्टर खोल्ने इन्ट्रेस्टलाई आफ्नै आमाको स्वास्थ्यमा आएको आमूल परिवर्तनले थप हौसला बढायो। ‘यहाँ जिम सेन्टर खोल्नासाथ मम्मीले नै जुम्मा डान्स क्लास पनि राखौं भन्नुभयो’–राजवंशीले भने–‘जुम्मा सिकाउने प्रशिक्षक शुरुमा पाइएन, तपाइ नै सिकाउनुस् पनि भने मम्मीलाई । तर उहाँले मान्नुभएन । जिमसेन्टर स्थापनाको केही समयपछि मात्रै प्रशिक्षक भेटियो र यो क्लास राख्यौ ।’
विलासी जीवनशैली र शारीरिक ब्यायाम हुनेभन्दा मानसिक श्रम मात्रै हुने गरी बसेर गरिने काम, विषादियुक्त सागसब्जी र फलफूल आदिको प्रयोग तथा भुटेका तारेका बढी नुनिलो वा गुलियो खानाको प्रयोगले मानिसमा दिनानुदिन विभिन्न रोगको संक्रमण फैलिरहेको छ । रोग लागेपछि अस्पताल धाउनुभन्दा रोगै लाग्न नदिन र शारीरिक तन्दुरुस्तीसहित आफ्नो शरीरलाई ‘फिट’ राख्न जो–कोही इच्छुक छ नै । शारीरिक फिटनेश प्रदान गर्दै ब्यक्तित्वमा निखारता ल्याउन र रोगको जोखिमबाट टाढा रहन अहिलेका युवाको पहिलो रोजाई बन्न थालेको छ–‘ब्यायामशाला अर्थात जिम सेन्टर । यही आवश्यकतालाई परिपूर्ति गर्न झापाका विभिन्न ठाउँमा ब्यायाम–घर खुल्ने क्रम पनि तीब्र छ । आफ्नी आमाको स्वास्थ्यमा आएको आमूल परिवर्तन र भाई अर्थात डा. रन्धिर राजवंशीको चाहनाकै कारण पङ्कज र डा. रन्धिरले मण्डा जिम सेन्टर सञ्चालनमा ल्याएको बताए।


‘कार्डियो, वेट टेनिङ, योगासन (योगा क्लास), नृत्य कक्षा (डान्स क्लास) सञ्चालन गर्दै आएका छौं’–राजवंशीले भने । तीन सिफ्टमा सञ्चालित डान्स क्लासमध्ये जुम्मा डान्समा ४० बर्षमाथिका र वेट बढी भएकाहरु सहभागी भए पनि ५ देखि १५ बर्षसम्मका बालबालिका र १५ देखि ३० बर्षसम्मका युवायुवतीहरु हिपप, नेपाली कल्चरल, साल्सा, बलिउडलगायतका नृत्यमा सहभागी हुने गरेको उनको भनाई छ ।
लगभग एककरोडको लागतमा स्थापना गरेको मण्डा जिम सेन्टरमा एक सिफ्टमा ५० जनालाई सिकाउने क्षमता रहेको उनले जानकारी दिए । ‘मुख्य गरी ‘शारीरिक फिटनेश’ रहन चाहने २० देखि ३५ बर्ष उमेर समूहका युवायुवति ब्यायाम अन्तर्गत वेट टे«निङमा सहभागी हुनुहुन्छ’–उनले भने– शिक्षित, स्वास्थ्यप्रति चेतनशील र पढेलेखेका युवाहरुको विशेष आकर्षण जीमखानातिर छ ।’‘मुख्य गरी कार्डियो अन्तर्गत ४० बर्ष उमेर पार गरेका, डाइवेटिज भएका, पेट घटाउन इच्छुक, विभिन्न रोगले सताएपनि हेल्थ कन्सियस भएका ब्यक्तिहरु आउनुहुन्छ’–राजवंशीले भने–‘वेट टे«निङमा उहाँहरुको सहभागिता देखिदैन, किनकि शारीरिक फिटनेश राख्न वेट ट्रेनिङमा हेब्बी वेट उचाल्नुपर्छ, त्यो उहाँहरुले सक्नुहुन्न, सके पनि उठाउनुहुन्न।’ वेट ट्रेनिङमा २० देखि ३५ बर्ष उमेर समूहका युवायुवतिहरु सहभागी हुने गरेको उनले बताए । योगासनमा भने सबै उमेर समूहका ब्यक्तिहरु सहभागी हुने गरेको राजवंशीको भनाई छ ।
‘आफ्नो शरीर फिट राख्न ४५ मिनेटको एक्सरसाइज (ब्यायाम) पर्याप्त हुन्छ’–राजवंशीले भने –‘दैनिक ब्यायामको अभ्यासले मानिसलाई निरोगी रहन पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ।’ खाली रहेको समय चोकमा हल्लिएर विताउनुभन्दा जिम सेन्टर चलाउँदा चिनजान बढ्ने, युनिटी पनि बन्ने उनले बताए । जिम सेन्टर सञ्चालन सामाजिक सेवाका दृष्टिले समेत महत्वपूर्ण रहेको उनको भनाई छ ।


आफूसँग भएको खेतीलाई बन्धक राखेर पुर्खौली पेशालाई चटक्क विर्सदै वैदेशिक रोजगारीमा जाने र आफ्नो तथा परिवारको समृद्धि सपना देख्ने थुप्रै युवाहरु विदेशबाट घर फर्कदा घरबार र परिवारविहीन भइरहेका घटना बाहिर आइरहेका छन् अहिले । अनि थुप्रै युवाहरुले रोजगारी नपाएको वहानामा आफ्नो ऊर्जाशील समय सामाजिक सञ्जालको दुरुपयोग वा चोकगल्लीमा हल्लदै कुलतमा फसेका प्रसस्तै उदाहरण पनि पाइन्छन् । यी आत्मविनासी कर्मको अन्त्य गर्दै युवा ब्यवसायी पङ्कज र रन्धिरले जस्तै पैतृक ब्यवसायको सिलसिलाबद्ध सञ्चालन तथा ब्यवस्थापन गर्ने हो भने वेरोजगारीको अन्त्य घरबाट परिवार, परिवारबाट समाज र समाजबाट देशभर नै गर्न सकिन्थ्यो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा उपचार केन्द्र बन्दै जिमखाना

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments