Home समाचार सिके प्रतिष्ठानले शैक्षिक क्षेत्रमा सहयोग गर्ने

सिके प्रतिष्ठानले शैक्षिक क्षेत्रमा सहयोग गर्ने

विर्तामोड । समाजवादी चिन्तक स्व. सि.के प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानले शैक्षिक क्षेत्रमा बार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
निर्माणाधीन सामुदायिक विद्यालय, विद्यार्थीको शैक्षिक विकास तथा विविध क्षेत्रमा खर्चने गरी झापाका सामुदायिक विद्यालयमा सहयोग गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाईले जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईको अध्यक्षतामा संरक्षक प्रसाई सल्लाहकार उद्वव थापा लगायतको सहभागितामा सम्पन्न प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । बैठकले यही फागुन ८ गते सि.के स्मृति दिवस मनाउने निर्णय पनि गरेको छ । स्मृति दिवस पारेर सि.के.का समकालीन तथा राष्ट्र पुकार पत्रिकाका सम्पादक होमनाथ दाहाललाई सम्मान गरिनेछ ।
प्रतिष्ठानका सल्लाहकार उद्वव थापाले सि.के. चिन्तन प्रतिष्ठानलाई प्रजातान्त्रिक समाजवादको अध्ययन गर्ने एकेडेमिक कलेज बनाउने उद्देश्य रहेको बताउनुभयो ।
बैठकले सामाजिक ब्यक्तित्वहरु खगेन्द्र प्रसाई र राजकुमार पोखरेललाई प्रतिष्ठानको सल्लाहकारमा चयन गरेको महासचिव लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।
वी.पी.का निकट रहेर राजनीति गर्नुभएका समाजवादी चिन्तक तथा विचार प्रवाह गर्नुहुने स्व. सि.के. प्रसाईको २०५० साल फागुन ८ गते निधन भएको थियो । नेपाली कांग्रेस झापाका पूर्व सभापति समेत रहनुभएका प्रसाई धनाढ्य परिवारमा जन्मिएर पनि साधा जीवन र उच्च विचारका धनी मानिनुहुन्थ्यो ।
आफ्नो जीवनकालमा समसामयिक राजनीतिक विषय र प्रजातान्त्रिक समाजवादका विषयमा विचार प्रवाह गर्नुहुने सि.केका विचारहरुलाई समेटेर यसअघि ‘सि.के प्रसाईका विचारहरु’ नामक पुस्तक प्रकाशित भएको थियो ।
उहाँकै विचारलाई समेटेर आजको सरल राजनीति तथा ब्यावहारिक राजनीतिको प्रारम्भिक रुपरेखा पुस्तक प्रकाशित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सिके प्रतिष्ठानले शैक्षिक क्षेत्रमा सहयोग गर्ने

Most Popular

Recent Comments