Home Featured 2 बुद्धशान्तिलाई गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम घोषणा गरिदै

बुद्धशान्तिलाई गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम घोषणा गरिदै

इन्दु पूर्वेली
झापा ४ फागुन । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम’ घोषणा गर्ने भएको छ ।
लोकतन्त्र, शान्ति र विकासको मूल नारासहित स्थापित जि.पि. फाउण्डेशनले यही फागुन ६ गते आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबर ग्राम घोषणा गर्न लागेको हो ।
फाउण्डेशनका झापा अध्यक्ष बुद्धिराज न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्य र कृषि सचिव डा.योगेन्द्र कार्कीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच रबरग्राम घोषणा गरिनेछ । सोही कार्यक्रमका बीच उत्कृष्ठ रबर किसानहरुलाई सम्मान पनि गरिने जी.पी. कोइराला रबर ग्राम कार्यक्रमका सचिव तथा रबर जोन जिल्ला समिति झापाका सल्लाहकार सिताराम बास्तोलाले जानकारी दिए ।
रबर खेती सम्बन्धी प्रशिक्षण समेत दिदै आएका बास्तोलाका अनुसार आदर्श नमूना सामुदायिक बन क्षेत्र र ब्यक्तिगत रुपमा बुद्धशान्तिको लगभग १० हेक्टर जमिनमा रबर खेती हुँदै आएको छ । इलाम र मोरङमा पनि रबर खेती प्रारम्भ भएको जानकारी दिदै बास्तोलाले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, चितवनसम्म विरुवा माग हुन थालेको बताए । उनका अनुसार हाल झापाको रङ्गेडाँडास्थि सरकारी बनको जग्गा लिजमा लिएर एग्रो फरेष्टले रबरका विरुवा उत्पादन गर्दै आएको छ ।
‘मुख्य गरी हात्ती प्रभावित क्षेत्रमा नगदे बाली हात्तीले नष्ट गर्न थालेपछि रबर खेतीतर्फ किसान आकर्सित हुन थालेका छन्’– न्यौपानेले भने–‘फाउण्डेशनले भारतीय राजदूताबासको सहयोगमा बार्षिक ३ लाख विरुवा किसानलाई वितरण गर्ने लक्ष लिएको छ ।’ रबर खेती हात्तीले नष्ट नगर्ने र विरुवा लगाएको ५/६ बर्षदेखि उत्पादन लिन सकिने उनी बताउँछन् । त्यसपछि लगभग ३० बर्षसम्म निरन्तर उत्पादन लिन सकिने न्यौपानेको भनाई छ ।
प्mाउण्डेशनले रबर खेतीतर्फ किसानलाई आकर्सित गरेर जीवनस्तर उकास्न यसको ब्यावसायिक खेती, प्राविधिक ज्ञानआर्जत र प्रबद्र्धनबारे जानकारी दिने उद्देश्यले अनुगमन÷भ्रमणमा समेत लैजाने लक्ष लिएको उनले बताए । भारतको केरला राज्यको काट्टियानमा सबैभन्दा धेरै रबर खेती हुँदै आएको छ ।
१५/१५ फुटको अन्तरमा रोपिने रबर खेतीभित्र चार/पाँचबर्षसम्म अन्य बाली समेत लगाउन सकिने प्रशिक्षक बास्तोला बताउँछन् । ‘४–५ पि।एच। भएको माटो, पानी नजम्ने भिरालो जमिन रबर खेतीका लागि उत्तम मानिन्छ’ रबर खेतीसम्बन्धी प्रशिक्षक बास्तोलाले भने–‘इलामको झापाको बोर्डर एरिया, पहाड र तराईको बीचमा रहेको नेपालको चुरे पहाड रबर खेतीका लागि उपयुक्त स्थान हो ।’ उजाडिदै गएको चुरे पहाडको फेदीमा रबर खेती गर्न सके पर्याप्त आम्दानी लिन सकिने उनी बताउँछन् ।
रबरको चोपबाट साइकल, मोटरसाइकल, गाडीको ट्यु, टायर, फेबिकल, इरेजर, बेलुन, जुत्ताचप्पलको सोल, लगायतका ५० हजार बढी सामग्रीहरु बन्ने बताइन्छ । हाल नेपालमा रबरको सामग्री उत्पादनका लागि कम्पनी स्थापना भए पनि उत्पादन नहुँदा बार्षिक ८ अर्ब बढीको कच्चा पदार्थ आयात भइरहेको बास्तोलाले जानकारी दिए । उनका अनुसार मागको लगभग १ प्रतिशत मात्रै नेपालमा उत्पादन भइरहेको छ । चुरे पहाडमा ब्यावसायिक रबर खेती गर्न सके बार्षिक ८ अर्ब जोगिने र नेपाल बाहिरसमेत कच्चा पदार्थ निर्यात गर्न सकिने उनको भनाई छ ।
फूल, फल, चोप, बोट र उत्पादन दिन छाडेपछि काठसमेत बहुमूल्य रहेको रबर खेतीभित्र मौरी पालन समेत गर्न सकिने बताइन्छ । रबरको फूल गुलियो हुने हुँदा मौरी पालन फस्टाउने अनुमान गरिएको हो । त्यसो त रबरको विरुवाले अत्यधिक कार्बन उत्सर्जन गर्ने हुँदा कार्बनको ब्यापार समेत गर्न सकिने बास्तोलाले बताए । उनका अनुसार यसको अनुसन्धान भइरहेको छ । रबरको दानाबाट उत्पादित तेल मेसिनरी सामानमा प्रयोग गर्न सकिन्छ भने पिना पशुको आहाराका लागि उपयोग गर्न सकिन्छ । त्यसो त उत्पादन दिन छाडेपछि समेत रबरको काठ मूल्यवान हुने बास्तोला बताउँछन् । रबरको काठ पानीजहाज बनाउन प्रयोग गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 बुद्धशान्तिलाई गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम घोषणा गरिदै

Most Popular

Recent Comments