Home समाचार धनमाया पत्रकारिता पुरस्कार राधालाई

धनमाया पत्रकारिता पुरस्कार राधालाई

झापा २८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरष्कार यो वर्ष राधा खनाललाई प्रदान गरिने भएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न संस्थाको कार्यसमितिको बैठकले पुरस्कार प्रदानका लागि छनौट समितिले गरेको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिनुभयो । यसअघि लोकराज ढकाल संयोजकत्वमा रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनौट समितिले पुरस्कारका लागि प्रतिभा छनौट गरेको थियो ।
खनाल झापामा रहेर काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।
तीनवटै विधाको समान २१/२१ हजार नगद पुरस्कार पुरस्कार राशीसहित सम्मान पत्र रहेको छ ।
संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।
पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडस्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने भएको अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार धनमाया पत्रकारिता पुरस्कार राधालाई

Most Popular

Recent Comments