Home समाचार पत्रकार चम्लागाँई पुरस्कृत, डा.त्रिपाठीलाई कदरपत्र

पत्रकार चम्लागाँई पुरस्कृत, डा.त्रिपाठीलाई कदरपत्र

धुुलावारी २७ माघ । झापाको मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार मनिषा चम्लागाईलाई प्रदान गरेको छ ।
संघको १७ औं वार्षिक साधारणसभा मंगलबार चम्लागाईलाई उक्त पुरस्कार पत्रकार प्रदान गरिएको हो ।
कारोवार दैनिकमा आवद्ध चम्लागाँईलाई नगद १५ हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार तथा सम्मान दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रदान गरेका थिए ।
सोही कार्यक्रममा कोभिड महामारीका बेला विरामीको निरन्तर सेवा पुर्याए वापत मेची आम्दा अस्पताल धुलावारीका मेडिकल डाइरेक्टर डा.पोषणरमण त्रिपाठीलाई समेत कदरपत्र प्रदान गरिएको छ । डाक्टर त्रिपाठीलाई प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले कदर पत्र प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पत्रकार चम्लागाँई पुरस्कृत, डा.त्रिपाठीलाई कदरपत्र

Most Popular

Recent Comments