Home खेल क्रिकेट प्रतियोगिता हुने

क्रिकेट प्रतियोगिता हुने

विर्तामोड २७ माघ । विर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्राङ्गणमा हुनेछ । पाँच ओभरको रहने वडास्तरीय प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफी पाउने सचिव विशाल अग्रवालले जानकारी दिए ।
खेल सुपर सिक्सको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित आठजना मात्र खेलाडी समावेश गराइनेछ । दुईजना वडा समिति सदस्य अथवा कार्यसमिति सदस्य अनिवार्य रुपमा खेलमा समावेश गर्नुपर्ने नियम बनाइएको छ ।
समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सुरु गरिसकेको छ । समितिले फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्ने अध्यक्ष विशाल धिमालले जानकारी दिए । फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुनेछ ।
समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल क्रिकेट प्रतियोगिता हुने

Most Popular

Recent Comments