Home समाचार सिम्रिकको परीक्षामा लोकसेवाको भल्को

सिम्रिकको परीक्षामा लोकसेवाको भल्को

विर्तामोड  २६ माघ । दृश्यमा लाइनमा उभिएका युवापंक्ति कुनै कार्यक्रम हेर्न, सभा भाषण सुन्न वा कुनै सांस्कृतिक कार्यक्रम वा नाटक हेर्न उभिएका हुन कि भन्ने लाग्न सक्छ ।
तर वास्तविकता त्यो होइन । सहकारीको जागिरका लागि परीक्षा लेख्न लाइनमा बसेका हुन् । परीक्षा दिनेको लाइन देख्दा लाग्थ्यो उनीहरु लोकसेवा आयोगमा प्रतिपष्र्धा गर्दैछन् । २५ जना कर्मचारी आह््वानका लागि सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सार्वजनिक गरेको सूचनामा चारसयको हाराहारीमा आवेदन परेको सहकारीका सञ्चालक विजय बस्नेतले जानकारी दिनुभयो ।
संस्था स्थापनाको १० औं वर्षमा दौडिंदै गर्दा १ नं. प्रदेशका तीन जिल्लामा वित्तीय सेवा विस्तार गरेको सिम्रिकमा जागिरका लागि ठूलो संख्यामा आवेदन परेको यो पहिलो हो । योग्यता अनुसार रोजगारीको वातावरण नबन्दा सहकारीले खुलाएको जागिरमा सबैको नजर परेको सिम्रिकका सञ्चालक विजय बस्नेतले बताउनु भयो ।
सिम्रिकले प्रदेश–१ का झापासहित इलाम र मोरङका केही ठाउँमा शाखा खोल्ने तयारी गरिरहेको सिम्रिकले ४ जना ‘क्यासियर’, कर्जातर्फ–२ जना, शाखा म्यानेजर–५ जना र १४ जना बजार प्रतिनिधिसहित २५ जना कर्मचारीका लागि आवेदन आह््वान गरेको थियो ।

No description available.


संस्थाको सेवा सुविधा र गुडविलका कारण अत्याधिक आवेदन परेको बस्नेतले बताउनु भयो । संस्थाले सोमबार विर्तामोडस्थित निधी क्याम्पसको भवनमा लिखित र मौखिक परीक्षा कार्यालयमा लिएको प्रमुख कार्यकारी अधिकृत कमल बस्नेतले बताउनु भयो । सहकारीको जागिरमा आवेदन गर्नेहरुमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढि देखिएको बताइएको छ ।
प्रमुख कार्यकारी अधिकृत कमल बस्नेतले समेत रहनु भएका बस्नेतले संस्थाको पहिचान र गुडविलकै कारण धेरैले विश्वास गरेको बताउनु भयो । ‘पहिचान र गुडविलका हिसाबले सिम्रिक धेरै अगाडि छ’–उहाँले थप्नुभयो–‘आवेदन धेरै पर्छ भन्ने त लागेको थियो तर, सोचेभन्दा पनि बढी आयो ।
यतिधेरै आवेदन पर्नुको कारण बढ्दो बेरोजगारी र कोरोना भाइरस समेत कारक भएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताउनु भयो । ‘योग्यता छ, रोजगारी छैन, त्यसमा पनि झण्डै एकवर्षयता कोभिड संक्रमणका कारण विदेश जानेपनि समस्या छ ।’ उनले थपे–‘त्यसमा सिम्रिकले सदस्यहरुप्रति पुर्याएको सेवाले पनि आकर्षण भएको हुन सक्छ ।’ सिम्रिकको छुट्टै गुडविल छ–उहाँले भन्नुभयो ।
झापाका १५ वटै स्थानीय तह र इलामको माई नगरपालिकामा सेवा सञ्चालन शुरु गरिसकेको छ भने इलामकै फिक्कल र इलाम बजार र मोरङको उर्लावारी, दाम्राभिट्टा सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको र अन्य आठवटा सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको बताइएको छ ।
२०७७ पुस मसान्तसम्म संस्थाका शेयर सदस्य ३० हजार एक सय २२ जना, शेयर पूँजी १८ करोड ८१ लाख १७ हजार पाँच सय रपैयाँ , निक्षेप संकलन ६७ करोड नौ लाख ३३ हजार तीन सय ३१ रुपैयाँ , ऋण लगानी एक अर्व १६ करोड ६४ लाख ४९ हजार नौ सय चार रुपैयाँ रहेको बताए । संस्थाले २०७७ पुस मसान्तसम्म एक करोड भन्दावढी नाफा गरेको र एक अर्व ५२ करोड कारोबार गरेको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सिम्रिकको परीक्षामा लोकसेवाको भल्को

Most Popular

Recent Comments