Home शिक्षा 'संघ र प्रदेशको अंकुशले काम गर्न कठिन'

‘संघ र प्रदेशको अंकुशले काम गर्न कठिन’

विर्तामोड १८ साउन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापा जिल्ला समन्वय समिति (एनसीई) झापाको पाँचौं साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मोहन ओलीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि नगर उपप्रमुख प्रसाईले स्थानीय तहमा बनेका ऐनलाई संघ र प्रदेशले अंकुश लगाएका कारण शिक्षा लगायत अन्य क्षेत्रमा पनि जनचाहना अनुसार काम गर्न नसकेको बताउनु भयो ।
संघीय व्यवस्था अनुसार निर्वाचनको पहिलो कार्यकाल सिष्टम बसाउने अभ्यासकै क्रममा रहेको बताउँदै संघ र प्रदेशको अंकुशका बाबजुद असजिलोबाट काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा एनसीईका केन्द्रीय प्रतिनिधि नवराज ओलीले सरकारले सबैलाई समान शिक्षा भने पनि नीजि र सामुदायिक विद्यालयका टेक्स बुक्समा समेत एकरुपता ल्याउन नसकेको बताउँदै शिक्षा क्षेत्रमा खाडल यथावत रहेको धारणा राख्नु भयो । झापालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा शिक्षित जिल्ला भनेर चिनेपनि वास्तविकता त्यस्तो नभएको ओलीको भनाई थियो ।
कार्यक्रममा विर्तामोड नगरपालिका नगर शिक्षा शाखाका दिनेश आचार्य, विर्तामोड नगरपालिका वडा नं.–५ की वडासदस्य हर्कमाया विक, गैह्र सरकारी संस्था महासंघका केन्द्रीय सदस्य छवी खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुरेसकुमार पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेम गौतमले गर्नुभएको थियो ।
केन्द्रमा २०१० मा स्थापना भएको एनसीईको शाखाका रुपमा २०१४ मा गठन गरिएको झापा शाखामा विभिन्न २० वटा संघसंस्थाको आवद्धता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा 'संघ र प्रदेशको अंकुशले काम गर्न कठिन'

Most Popular

Recent Comments